स्वास्थ्य राज्यमन्त्री गुरुङको स्वास्थ्य परीक्षण वीर अस्पतालमा

काठमाडौँ, १४ चैत । स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङले बीर अस्पताल पुगी स्वास्थ्य परीक्षण गराएका छन् । उनले आफूसंग गएका सहयोगी तथा सुरक्षाकर्मीको पनि स्वास्थ्य परीक्षण गराएका छन् ।

विहान ९ बजे अस्पताल पुगेका राज्यमन्त्री गुरुङले मुटु, मृगौला, कलेजो, मधुमेहको परीक्षण गराएका थिए । ‘अल्ट्रासाउण्ड, प्रेसर, पिसाव, रगत लगायतका सबै परीक्षण गरेँ,’ मन्त्री गुरुङले भने ।उनको परीक्षणमा अस्पतालका निर्देशक प्राडा भुपेन्द्रकुमार बस्नेत, डा सरोज शर्मा लगायतका चिकित्सक खटिएका थिए ।

परीक्षणपश्चात उनले बीर अस्पतालको निरीक्षण गरेका थिए । उनले सबै विभागीय प्रमुखहरुलाई बोलाएर गुनासा सुन्ने र निर्देशन दिने काम गरेका थिए । ‘विरामी भएर अस्पताल पुगेको होइन, नियमित परीक्षणका लागि बीर पुगेको हुँ मन्त्री गुरुङले भने, सो क्रममा अस्पतालको निरीक्षण गर्ने निर्देशन दिने काम भयो,’मन्त्री गुरुङले भने ।

अस्पतालका निर्देशक बस्नेतले राज्यमन्त्री गुरुङले नियमित स्वास्थ्य परीक्षण अन्तर्गत यसपटक बीरमा आएर परीक्षण गराएको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *