चैतमा सुरु गर्ने भनिएको पाँच जिल्लाको स्वास्थ्य विमा कार्यक्रम स्थगित


काठमाडौँ, १२ चैत ।चैतबाट सुरु गर्ने भनिएको थप पाँच जिल्लाको स्वास्थ्य विमा कार्यक्रम असारका लागि सरेको छ । निर्वाचन आयोगले १८ फागुन देखि निर्वाचन आँचारसहित लागेको भन्दै रोकेपछि चैतका लागि तय भएको कार्यक्रम असारमा पुरयाइएको हो ।

स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्ने निकाय सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिका अनुसार चैत १ देखि तनहुँ, गोर्खा चितवन, भक्तपुर र झापा जिल्लामा विमा कार्यक्रम सुरु हुँदै थियो । ‘स्वास्थ्यको कुरा भन्दै हामीले निर्वाचन आयोगलाई पत्र लेखेर आग्रह गरेका थियौँ तर मानेन । त्यसैले पूर्व निर्धारित तालिकामा यी जिल्लाहरुमा कार्यक्रम हुन सकेन,’ समितिका निर्देशक डा गुणराज लोहनीले भने ।

उनले असारमा पहिले नै तय भएका थप पाँच जिल्लामा समेत कार्यक्रम सुरु गर्ने तयारी भएको बताए । ती जिल्लाहरुमा जुम्ला, जाजरकोट, रोल्पा, मकवानपुर र महोत्तरी छन् ।

गतवर्ष २५ चैतबाट सुरु भएको स्वास्थ्य विमा कार्यक्रम अहिले देशका ८ जिल्लामा सञ्चालित छ । अहिलेसम्म कैलाली बाग्लुङ, इलाम, बैतडी, अछाम, पाल्पा, कास्की, म्याग्दीमा स्वास्थ्य बीमा कार्यक्रम लागू भईसकेको छ ।

करीब २३ लाख जनसंख्या भएको ती जिल्लाहरुमा अहिलेसम्म ४५ हजार बढीले नाम दर्ता गराएका छन् । कार्यकारी निर्देशक डा लोहनी भन्छन, यो कुल जनसंख्याको २ प्रतिशत हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *