सरकारले तोकेको ९-३ डिउटी समय कुनै हालतमा संसोधन हुँदैन : स्वास्थ्य मन्त्री थापा

काठमाडौँ, ३ चैत । स्वास्थ्य मन्त्री गगन थापाले सरकारी चिकित्सकहरुका लागि तोकिएको ९- ३ डिउटी सयम संसोधन नहुने दोहोरयाएका छन् । डिउटी समय तोक्ने सरकारको योजनाको कतिपय चिकित्सकहरुले विरोध गरिरहेका बेला मन्त्री थापाको सो कुरा दोहोरयाएका हुन् ।

स्वास्थ्य सेवा विभाग पुर्नजागरण महाशाखाद्धारा विहीबार आयोजित कार्यक्रममा बोल्दै मन्त्री थापाले भने, ‘९ -३ डीउटीआवर बारेमा कतिपय चिकित्सकहरुले विरोध गरेको थाह पाएको छु, कालोझण्डा देखाउने कुरा सुनेको छु । कालो झण्डा हेर्दै र देख्दै आएको हुँ यसले मलाई केही फरक पर्दैन । नियम लागू भएरै छाड्छ ।’

उनले स्वास्थ्यकर्मीहरुलाई कार्यप्रस्तुतिको आधारमा ५० प्रतिशत भत्ता बढाउने कुरा गर्दा समेत विरोध भएकोमा आश्चर्य लागेको बताए । ‘पहिलो पटक हामीले यस्तो व्यवस्था गर्दैछौँ । यो क्रमश बढदै जानेछ तर काम त गर्नुपरयो । कम्तिमा ९-३ डिउटी गर, बाहिर प्राक्टिस गर्ने भए मन्त्रालयमा जानकारी देउ र गर भन्दा अनेकन टिप्पणी आएको छ । म आफै आश्चर्यमा परेको छु,’ उनले भने ।

मुलुक संघीय संरचनामा जाँदै गरेको र अवको दुई चार महिना स्वास्थ्यकर्मीहरुलाई कामको बोझ बढ्न सक्ने भन्दै उनले त्यस्तो परेको खण्डमा त्यसबेला राम्रोसंग कर्तव्य निभाउन आग्रह गरे।

‘द्धन्दकालमा गाविस सचिव बस्न सकेनन, शिक्षक समेत विद्यालय छाडेर हिडे तर कहिको पनि स्वास्थ्यकर्मीले कार्यस्थल छोडेन र निरन्तर डिउटी गरिरहयो । त्यसैको प्रतिफल हाम्रो स्वास्थ्यले पुरस्कार पाएको छ । अगाडी आएको छ,’ उनले अगाडी थपे, ‘तर अहिले सानातिना कुरामा बखेडा झिकेर आफ्नै गर्विलो साखलाई गिराउने काम भईरहेको छ । यसमा सचेत हुनुहोला ।’

उनले स्थानीय संरचनामा जाँदै गर्दा स्वास्थ्यमा केही हलचल हुने भन्दै यहाँ जान्छु र यहाँ जाँदिन भन्न नपाईने समेत बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *