दोस्रो पटक सर्‍यो रौतहटमा गर्ने भनिएको नि:शुल्क सघन स्वास्थ्य शिविर

काठमाडौँ, १ चैत । स्वास्थ्य मन्त्रालयले नेपाली सेनासंगको सहकार्यमा आज देखि रौतहटको गौरमा गर्ने भनेको नि:शुल्क सघन स्वास्थ्य शिविर फेरि सरेको छ । मन्त्रालयले सो शिविर आगामी ८ चैत देखि सुरु गर्ने बताएको छ ।

सुरुमा सो सिविर २२ देखि २८ फागुनसम्म गर्ने बताइएको थियो । त्यसपछि होली लगायतका कारण जनाउँदै मन्त्रालयले पहिलेको मिति परिवर्तन गरेर १ चैत(आज) देखि ७ चैतसम्म गर्ने भनेको थियो । तर आजको मिति पनि सरेको छ ।

मन्त्रालय चिकित्सा सेवा महाशाखा प्रमुख रामकृष्ण लामिछानेले रौतहटको शिविर आगामी ८ चैत देखि सुरु गर्ने गरि सारिएको बताए । ‘केही प्राविधिक कारण छन्, त्यसैले आज देखि गर्ने भनिएको सिविर पुन सरेको छ,’ उनले भने ।

मध्य तराईका बारा, पर्सा, रौतहट, सर्लाही, धनुषा, महोत्तरी,सप्तरी, सिरहा, मकवानपुर र सिन्धुली सहित १० जिल्लाका जनतालाई लक्षित गरि गौरमा शिविर सञ्चालन गर्न लागिएको हो ।

सो शिबिरमा नेपाली सेनाले मोवाईल कन्टेनर जोडेर फिल्ड अस्पताल सञ्चालन गर्ने छ । स्वास्थ्य मन्त्रालयले आवश्यक औषधि तथा चिकित्सक सहयोग गर्नेछ ।पहिलोपटक गर्न लागिएको यस किसिमको सिविरमा हाईड्रोशीलका पुरुष तथा आङखसेका महिलाहरुको नि:शुल्क सर्जरी समेत हुने बताइएको थियो ।

शिविरका लागि काठमाडाँैस्थित सैनिक अस्पतालबाट मेडिकल उपकरण सहितको कन्डेनर र चिकित्सक जाने भएका छन् । स्वास्थ्य मन्त्रालयले पनि उपक्षेत्रीय अस्पताल तथा जिल्ला अस्पतालबाट आवश्यक स्वास्थ्यकर्मी खटाउने तयारी गरेको छ ।

मन्त्रालयले सल्यक्रिया गर्ने विरामीको स्क्रिनिङ गरि सूची २५ फागुन भित्र आफूकहाँ उपलव्ध गराउन भनेको थियो । तर सो सूची ५ चैतसम्ममा आउने बताइएको छ ।

यसअघि गत ७ माघमा नेपाली सेना र स्वास्थ्य मन्त्रालयबीच विभिन्न स्थानमा ‘मोवाईल हेल्थक्याम्प’ गर्ने सहमति भएको थियो । सोही सहमतिको पहिलो कार्यान्वयन रौतहटबाट गर्न लागिएको हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *