‘के के माग पुरा भएनन् र यस्तो अवरोध गरियो ?’

स्वास्थ्यकर्मी जोसुकै होस, असन्तुष्टि मन्त्रालयसंग, मन्त्रीसंग वा जोसुकैसंग होस, स्वास्थ्य सेवालाई अवरुद्ध गर्ने, स्वास्थ्य संस्था ताला लगाउने, त्यसमाथि बालबालिकालाई पोलियो थोपा खुवाउन नदिने यो अधिकार कसले दियो ? के यो पाप होईन ? यो स्वास्थ्यकर्मीकै अपमान होइन ?

– गगनकुमार थापा ( स्वास्थ्यमन्त्री )कुनै पनि तर्कले यो हर्कतको औचित्य पुष्टी गर्न सक्छ ? यो छुट कसैले पाउन सक्छ ? सक्दैन ।

हिजोदेखि शुरु भएको राष्ट्रिय पोलियो कार्यक्रम अन्तर्गत १५ जिल्लाका १६ ाख २८ हजार बालबालिकालाई पोलियो थोपा खुवाउने हाम्रो कार्यक्रम हो । यो कार्यक्रम जसरी पनि सम्पन्न हुन्छ र सफल पनि हुन्छ ।

यस अभियानलाई सफल बनाउन जिम्मेबार स्वास्थ्यकर्मी साथीहरु, महिला स्वयंसेविका लगायत सबै पक्षबाट सक्रिय सहयोग हुनेछ भन्ने अपेक्षा गरेको छु ।

सरकारले प्रष्ट पारिसकेको छ स्वास्थ्य लगायत अत्यावश्यक क्षेत्रमा हड्ताल बन्द लगायत कुनै पनि अवरोधजन्य कार्य नगर्नुहोस ।
जहाँसम्म ९(ख)को विषय छ बर्षौदेखि कार्यान्वयन हुन नसकेको र यस अघि कसैले प्रयास समेत नगरेको उक्त दफा कार्यान्वनय गर्न र समस्या समाधानका लागि मैले मन्त्रालय सम्हाले देखि नै निरन्तर प्रयास गरेको छु ।

परिणाम यसको कार्यान्वयनका सन्दर्भमा मन्त्रिपरिषदले महत्वपुर्ण निर्णय गरिसकेको सो अनुरुप कार्यान्वयन गर्न समिति पनि बनि गृहकार्य गरिरहेको तथा ऐन संसोधनका सन्दर्भमा समेत समिति गठन भई कार्य प्रारम्भ भईसकेको छ ।यस सन्दर्भमा रचनात्मक सहयोगको लागि स्वास्थ्यकर्मी संघ संगठनसमेत पटक पटक छलफल भईरहेको छ ।

यसरी मन्त्रालयले लिएको अग्रसरताप्रति झन खुशी हुनुपर्नेमा पोलियो कार्यक्रम नै अवरुद्ध गर्ने र स्वास्थ्य संस्था तालाबन्दी गर्ने कार्य हुनु दुखद छ । स्वास्थ्य मन्त्रालय कर्मचारीले उठाएका जायज मुद्धा संबोधन गर्न सदैव प्रतिवद्ध रहन्छ तर स्वास्थ्य सेवामा अवरोध गर्ने र जिम्मेबारी बहन नगर्नेहरु प्रति कारबाही गर्न पनि उत्तिकै प्रतिबद्ध छ ।

स्वास्थ्य सेवालाई सुचारु राख्न र स्वास्थ्य सम्वन्धि विशेष कार्यक्रमहरु सफल बनाउन सधै झैँ सबै पक्ष एवं आम जनताको साथ र सहयोग हुनेछ भन्ने विश्वास लिएको छु ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

5 thoughts on “‘के के माग पुरा भएनन् र यस्तो अवरोध गरियो ?’

  1. जहाँ दया वहाँ धर्म है जहाँ लोभ वहाँ पाप
    जहाँ क्रोध वहाँ काल है जहाँ क्षमा वहाँ अाप

  2. Kathmandu prasasak yogyata anubhab durdarshita ko avab ko parinam le rastriya parb lai xetri ma rupantran garyo(polio lai)

  3. सर्बोच्चमा मुद्दाको कारण बिगत ६ महिनादेखी पीडित भैरहेका हजारौं हे.अ. हरुको भविस्य अन्योल मा छ ।मुद्धाफैसलाको लागि पहलप्रति पनि ध्यान जाओस न मन्त्री ज्यू ।

  4. पत्रकार महोदय जि 9(ख) मा के के पुरा भयो ??? पत्तो लगाउनुस,नेपाल स्वास्थ्य सेवा ऐन अध्ययन गर्नुस अनि मात्र पुष्ट जवाफ सहित समाचार सॅप्रशन गर्नुस।

  5. HA lai pareko muda kahile xinofano hunxa. yasko lagi pani pahal gardin paryo mantri gu. hami ekdamai pida ma xau.please helf for 700 life.

Leave a Reply

Your email address will not be published. Required fields are marked *