पोलियो थोपा आज चार जिल्लामा खुवाईदै

काठमाडौँ, २१ फागुन । केही स्वास्थ्यकर्मीको अवरोधका कारण आज देखि सुरु गर्ने भनिएको पोलियो थोपा खुवाउने कार्यक्रम केही प्रभावित  भएको छ ।

स्वास्थ्य मन्त्रालयले आज र भोलीका लागि उपत्यकाका तीन सहित १५ जिल्लामा पोलियो थोपा खुवाउने योजना बनाएपनि आज ४ जिल्लामा मात्रै सुरु भएको छ ।

स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य महाशाखाका खोप अधिकृत कृष्णबहादुर चन्दले काठमाडौँ, ललितपुर, बर्दिया र कपिलवस्तुमा पोलियो थोपा कार्यक्रम सुरु भएको जानकारी दिए । उनले अरु जिल्लामा पनि एक दुई दिन भित्रमै सुरु हुने बताए ।

स्वास्थ्य सेवा ऐन दफा ९ (ख) वाला स्वास्थ्यकर्मीले आफूहरुको पदस्थापन नभएको भन्दै पोलियो थोपा खुवाउने अभियानमा अवरोध गरका हुन् । उनीहरुको अवरोधकै कारण गत ७ र ८ फागुनका लागि तय गरिएको कार्यक्रम सारेर आज र भोलीका लागि तय गरिएको हो । तर माग पुरा नभएको भन्दै उनीहरुले यसपटक पनि कार्यक्रम अवरुद्ध पारेका हुन् ।

स्वास्थ्य मन्त्री गगन थापाले माग पुरा गर्न सरकारले आवश्यक कदम चालिसकेको भन्दै आन्दोलन फिर्ता लिएर काममा फर्कन आग्रह गरेका थिए । उनले पोलियो उन्मुलन गर्ने अभियानमा सहयोग गर्न समेत स्वास्थ्यकर्मी समक्ष अपिल गरेका थिए । तर आन्दोलनरत ९ ख वाला स्वास्थ्यकर्मीले सो अपिलको बेवास्ता गर्दै आएका छन् ।

नेपालले पोलियो रोग उन्मुलन गर्ने अभियान अन्तर्गत नेपालले २०५३ सालबाट हरेक बर्ष पाँच बर्ष मुनिका बालबालिकालाई पोलियो थोपा खुवाउदै आएको छ । महिला स्वास्थ्य स्वयंसेविमा मार्फत यसपटक उपत्यकाका तीन र तराईका १२ जिल्लामा यो कार्यक्रम सुरु हुँदै थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *