पोलियो खुवाउने अभियानमा सहभागी हुन आन्दोलनरत स्वास्थ्यकर्मीलाई स्वास्थ्य मन्त्रीको आग्रह ( विज्ञप्ती सहित)

काठमाडौँ, २० फागुन । स्वास्थ्य मन्त्री गगन थापाले स्वास्थ्य संस्थामा लगाएका ताला खोल्न तथा पोलियो खुवाउने अभियानमा सहभागी हुन आन्दोलनमा रहेका स्वस्थ्यकर्मीहरुलाई पुन आग्रह गरेका छन् ।

शुक्रबार विज्ञप्ती जारी गर्दै मन्त्री थापाले ९ ख कार्यान्वयनको प्रक्रिया अघि बढी सकेको भन्दै तालाबन्दी खोलेर काममा फर्कन स्वास्थ्य कर्मीहरुलाई आग्रह गरेका हुन् ।

मन्त्री थापाले लामो समय देखि उक्त दफा कार्यान्वयन हुन नसकेको अवस्थामा आफू आईसकेपछि सो प्रक्रिया अगाडी बढाएको भन्दै यतिवेला स्वास्थ्य संस्थामा ठप्प पार्ने गतिविधी गरेकोमा आश्चर्य व्यक्त गरेका छन् ।

उननले भनेका छन् , ‘ट्रेड युनियनसंगको यससम्व्न्धमा पटक पटक बार्ता भएका छन् , समस्याको दीर्घकालिन समाधानका लागि कार्य अगाडी समेत बढाईएको छ । यो कार्यलाई स्वागत गरि काममा फर्कनुपर्नेमा थप स्वास्थ्य संस्थामा तालाबन्दी गर्ने, आगामी २१ र २२ गतेको पोलियो खुवाउने कार्यक्रमलाई प्रभावित गर्ने , खोपका सरसमान ओसार पसार गर्ने कार्यलाई अवरुद्ध गर्ने जस्ता कार्य भईरहेको सुन्दा अचम्मित भएका छौँ ।’

उनले संसारबाट उन्मुलन हुन लागेको पोलियो पाँच बर्ष मुनिका बालबालिकालाई खुवाउनका लागि मन्त्रालयले तोकेको मितिमा स्वास्थ्यकर्मीहरुले स्वतस्फुर्त रुपमा सफल बनाउनुपर्नेमा स्वयं स्वास्थयकर्मीहरुबाट ,पोलियो खुवाउने कार्यलाई कल्पना समेत गर्न नसकिने बताएका छन् ।
हेरौैँ मन्त्री थापाको विज्ञप्ती

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *