तीन दिने ‘फर्मा एक्स्पो आजबाट भृकुटीमण्डपमा

काठमाडौँ २० फागुन । ‘गुणस्तरीयताबाट आत्मर्निभरता तर्फ’ भन्ने नाराका साथ आजबाट राजधानीमा तीन दिने फर्मा एक्स्पो सुरु भएको छ । नेपाल औषधि उत्पादक संघ एपोनको आयोजनामा तीन दिनसम्म चल्ने एक्स्पो मण्डपमा  सुरु भएको हो ।

एक्स्पोमा स्वदेशी तथा विदेशी गरि १०८ वटा स्टलहरु राखिएका छन् । ती मध्ये ५९ वटा भारतीय, २ जर्मन, २ चाइनिज र १ जापानिज स्टल रहेका छन् ।

एक्स्पोका प्रवक्ता प्रज्वलजंग पाण्डेका अनुसार यसबर्ष औषधि बाहेक उच्च गुणस्तरका मेडिकल उपकरणका समेत एक्स्पोका स्टलहरुमा राखिएका छन् । यसले नेपाली औषधि उद्योगहरु कुन अवस्थामा छन् भन्ने स्पष्ट देखाउने प्रवक्ता पाण्डेले बताए ।

उनले नेपालको औषधि क्षेत्रमा भएका प्रगती र अवस्थाका बारेमा यर्थात जानकारी हुने भएकोले सरकार, उद्योगी, उपभोक्ता, विद्यार्थी तथा चासो राख्ने व्यक्तिका लागि एक्स्पो महत्वपूर्ण हुने बताए ।

संघका अध्यक्ष शंकर घिमिरेले २२ गतेसम्म हुने एक्स्पोमा औषधिका विषयमा सम्पूर्ण जानकारी प्राप्त गर्न सकिने बताए ।

संघका महासचिव तथा एक्स्पोका संयोजक दिपक प्रधानले एक्स्पोमा औषधि उद्योग क्षेत्रको विकास र प्रवद्र्धनका लागि अतुलनिय योगदान गर्ने दुई व्यक्तिलाई सम्मान गर्नुका साथै स्वर्गीय एसएन रावको स्मृतीमा एशियन एसएन राव पुरस्कार पनि प्रदान गरिने बताए ।

प्रधानले प्रदर्शनीबाट अन्तर्राष्ट्रिय उद्योग, उपकरण, प्रविधि, उत्पादन र बजार व्यवस्थापन बुझ्ने अवसर प्राप्त हुने बताए । उनका अनुसार प्रदर्शनीमा फर्मा प्रोसेसिङ, उत्पादन मेसिन, उपकरण, प्याकेजिङ मेसिन, फाइन केमिकल, बल्क ड्रग, वातावरण नियन्त्रण उपकरण, प्रयोगशाला उपकरणलगायत रहनेछन् ।

तीन दिने एक्स्पोको औषधि व्यवस्था विभाग, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल औषधि व्यवसायी संघ, नेपाल फर्मास्युटिकल एसोसिएसन, ग्रयाजुएट फर्मासिष्ट एसोसिएसन तथा नेपाल केमिकल एन्ड मेडिकल सप्लायर्स एसोसिएसन सह आयोजक हुन् ।

प्रदर्शनीमा रक्तदान तथा निःशुल्क दन्त शिविर पनि हुनेछ । यस्तै, अन्तरफर्मास्युटिकल तथा जुनियर डक्टर्स फुटसल नकआउट गेम हुने पनि आयोजना गर्ने जनाइएको छ । यस वर्षको एक्स्पोमा ३० हजार भन्दा बढीले अवलोकन गर्ने अनुमान गरिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *