पाटन, बीपी, पोखरा र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त

काठमाडौँ, १९ फागुन । सरकारले रिक्तरहेको चारवटा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति नियुक्त गरेको छ । सर्च कमिटीले सिफारिस गरेका तीन तीन जनाको नामबाट छानेर प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपकुलपतिको नियुक्त गरेको हो ।

नयाँ नियुक्त हुने उपकुलपतिहरुमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्राडा भरत कुमार यादव , विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा प्राडा राजकुमार रौनियार, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्राडा बुद्धिबहादुर थापा र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्राडा राजेन्द्र वाग्ले रहेका छन् ।

रिक्त उपकुलपति छनौट गर्न सरकारले स्वास्थ्य मन्त्री गगन थापाको संयोजकत्वमा सर्च कमिटी गठन भएको थियो । सो कमिटीमा स्वास्थ्य सचिव डा सेनेन्द्रराज उप्रेती र राष्ट्रिय योजना आयोगका सदस्य डा गिताभक्त जोशी सदस्य थिए ।

सो समितिले उपकुलपति हुन चाहनेका लागि कार्ययोजना सहित पेश गर्न सार्वजनिक सूचना जारी गरेको थियो । सोही कार्यायोजनाको आधारमा तीन तीन जनाको नाम सिफारिस गरेको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

One thought on “पाटन, बीपी, पोखरा र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *