मुख्य सचिवले निर्णय प्रमाणित नगरेपछि नयाँ पदाधिकारीले नियुक्तीपत्र पाएनन्

काठमाडौँ, १९ फागुन । मुख्य सचिव डा सोमलाल सुवेदीले निर्णय प्रमाणित नगरेपछि बुधबार नियुक्तीपत्र बुझ्ने नयाँ पदाधिकारीको प्रयास सफल हुन सकेन ।

स्वास्थ्य मन्त्रालयको प्रस्तावमा मंगलबारको मन्त्रीपरिषद्को बैठकले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्, आयुर्वेद परिषद लगायतका विभिन्न निकायमा झण्डै २ दजर्न पदाधिकारी नियुक्त गरेको थियो ।

नियुक्तीका लागि मंगलबारको निर्णय प्रमाणित गराउन स्वास्थ्यबाट लगिएको प्रस्तावलाई मुख्य सचिव डा सुवेदीले प्रक्रियागत त्रुटी भएको भन्दै सच्याएर ल्याउन पठाएका थिए । सोही क्रममा दिनभर स्वास्थ्यका अधिकारीहरुले निर्णय प्रक्रिया सच्याउने कार्यमा लागेका थिए । पूर्व निर्धारित कार्यक्रम भन्दै मुख्य सचिव सुवेदी बेलुका अमेरिका उडेपछि निर्णय प्रमाणित हुन सकेन ।

स्वास्थ्य मन्त्रालय स्रोतले भन्यो, ‘दिनभर निर्णय प्रक्रिया सच्याउँदा नै समय बित्यो साँझ लैजान भ्याइएन । निर्णय प्रमाणित नभैकन नियुक्ती पत्र उपलब्ध गराउन सकिएन ।’

नयाँ पदाधिकारी नियुक्त भए लगत्तै स्वास्थ्यका पुराना पदाधिकारीहरुको नेमप्लेट झिकिएको थियो । तर बुधबार निर्णय प्रमाणित नगरी मुख्य सचिव अमेरिका उडेपछि पुराना पदाधिकारीहरु पुन काममा फर्किएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *