महाराजगञ्ज चिकित्सा क्याम्पसमा ३५ बर्ष पछि अखिल (नतिजा सहित)

काठमाडौँ, १९ फागुन ।महाराजगञ्ज चिकित्सा क्याम्पसमा एमाले निकटको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले बाजी मारेको छ । एमाले निकटको विद्यार्थी संगठन अनेरास्ववियु, माओवादी निकटको अखिल क्रान्तिकारी र युथ फर इक्वालिटीको संयुक्त प्यानलका तर्फबाट उम्मेदवार बनेका मिलन गैरेले ५१३ भोट प्राप्त गरि बिजयी भएका छन् ।

उनका निकटतम प्रतिद्धन्दी नेवि संघका सन्तोष उपाध्यायले ४२२ भोट पाएका छन् । त्यस्तै सचिव पदमा पनि अखिल सहितको संयुक्त प्यानलका तर्फबाट उम्मेदवार बनेकी स्वेता महतोले ५०६ मतका साथ विजयी हासिल गरेकी छन् । उनका निकटतम प्रतिद्धन्दी नेविसंघका नरेश प्रसाद जोशीले ४२० मत प्राप्त गरेका छन् ।

कोषाध्यक्षमा भने नेविसंघले बाजी मारेको छ । नेविसंघका तर्फबाट उम्मेदवार बनेका केशव आचार्यले ४७३ मतका साथ विजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्दी संयुक्त प्यानलका तर्फबाट उम्मेदवार बनेका सञ्जीत कुमार साहले ४५८ मत ल्याएका थिए ।

कार्यसमितिको आठ सदस्य मध्ये संयुक्त प्यानलबाट ३ जना र नेविसंघका तर्फबाट ५ सदस्य विजयीभएका छन् । विजयी सदस्यहरुमा संयुक्त तर्फका अस्मिता भुसाल, बसन्त शर्मा पौडेल, उत्सव चौलागाई छन् । त्यस्तै नेविसंघका तर्फबाट अर्जुन सापकोटा, रोशन थापा मगर, रबि शाह, रबिन पौडेल र शंकर भण्डारी विजयी भएका छन् ।महाराजगञ्ज क्याम्पसमा नेविसंघको नेतृत्वले ३५ बर्ष पराजय भोगेको हो ।

यता समानुपातिक तर्फ नेविसंघले सबैभन्दा बढी मत प्राप्त गरेको छ । प्राप्त नतिजा अनुसार नेविसंघ ४०६, अनेरास्ववियु २६५, अखिल क्रान्तिकारी ५६, युथ फर इक्वालिटी १०४, एकीकृत स्वतन्त्र विद्यार्थी संगठन १०३ मत प्राप्त गरेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *