यी हुन् स्वास्थ्य सेवा दिवसमा पुरस्कृत हुने संस्था र स्वास्थ्यकर्मी
काठमाडौँ, १५ फागुन । पाँचौ स्वास्थ्य सेवा दिवसका अवसरमा स्वास्थ्य मन्त्रालयले उत्कृष्ट स्वास्थ्य संस्था, डाक्टर तथा स्वास्थ्यकर्मीलाई पुरस्कृत गरेको छ।
पुरस्कृत हुने स्वास्थ्य संस्थामा जिल्ला स्वास्थ्य कार्यालय अछाम प्रथम, जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेत दोस्रो र जिल्ला स्वास्थ्य कार्यालय बैतडी तेस्रो भएका छन् ।
यसवर्ष क्षेत्रीय स्तरको मूल्यांकनबाट सुदूरपश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायल उत्कृष्ट भएको छ । मध्य पश्चिमाञ्चालबाट जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेत, पश्चिमाञ्चलबाट जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देही, मध्यमाञ्चलबाट जिल्ला स्वास्थ्य कार्यालय काभ्रे र पुर्वाञ्चलबाट जिल्ला स्वास्थ्य कार्यालय ओखलढुंगा रहेका छन् ।
उत्कृष्ट स्वास्थ्य सेवा दिएबापत पुरस्कृत हुनेमा जिल्ला स्वास्थ्य कार्यालयका मेडिकल सुपरीटेन्डेन्ट डा. पवनजंग रायमाझी, राष्ट्रिय एड्स तथा यौन रोग केन्द्रकी जनस्वास्थ्य निरीक्षक उषा अर्याल भट्ट, जिल्ला जनस्वास्थ्य कार्यालय धनकुटाका क्षयरोग, कुष्ठरोग सुपरभाइजर ध्रुबलाल उराव र जिल्ला आयुर्वेद स्वास्थ्यकेन्द्र, भक्तपुरका आयुर्वेद निरीक्षक स्व. सुरेन्द्र शाह रहेका छन् ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



