अस्वस्थताका कारण ब्राजिलका विदेशमन्त्रीद्धारा राजिनामा

0
Shares

रियो दि जानेरो, १२ फागुन । ब्राजिलका विदेश मन्त्री जोसे सेराले स्वास्थ्य सम्वन्धी समस्याका कारण बुधबार पदबाट राजिनामा दिएका छन् ।

उनले राष्ट्रपति मिसेल टेमेरसमक्ष बुझाएको राजिनामापत्रमा अस्वस्थताका कारण आफूले जिम्मेबारी निर्वाह गरिरहन नसक्ने भएकाले राजिनामा दिएको उल्लेख छ ।

उनको वास्तविक स्वास्थ्य अवस्था सम्वन्धी पर्याप्त विवरणहरु सार्वजनिक भएका छैनन् । गत बर्ष उहाँको शल्यक्रिया गरिएको थियो ।

विदेशमन्त्रीको रुपमा सेराले ११ महिना मात्रै काम गर्न पाएका छन् । उनलाई गत बर्षको मे महिनामा राष्ट्रपति टेमेरले विदेशमन्त्रीमा नियुक्त गर्नु भएको थियो ।

विदेशमन्त्री भएपछि उनले सिनेट छोडेका थिए । सिनेट सदस्यको तेस्रो कार्यकाल उहाँको सन् २०२२ सम्मको थियो ।

आफ्नो राजनीतिक यात्राको अधिकांश समय खर्चिएको साओ आउल प्रदेशको सिनेट सदस्यमा उहाँ फेरी फर्किने अपेक्षा गरिएको थियो । रासस/सिन्ह्वा

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *