स्वास्थ्यकर्मी र सरकारबीचको आजको बार्ता विना निस्कर्ष टुंगियो
काठमाडौँ, ९ फागुन । सरकार र आन्दोलनरत स्वास्थ्यकर्मीबीच आज अपरान्ह स्वास्थ्य मन्त्रालयमा बसेको बार्ता विना निस्कर्ष टुंगिएको छ । बार्ताको सुरुमै आन्दोलनकारी पक्षले ९ (ख) सम्वन्धमा गत ३ फागुनको मन्त्रिपरिषदबाट भएको भनिएको निर्णय विवरण मागेका थिए । सरकारी पक्षले सो उपलव्ध गराउन नसकेपछि बार्ता फेरि बस्ने गरि टुंगिएको हो ।
राष्ट्रिय स्वास्थ्यकर्मी संघका अध्यक्ष भक्तिमान सुब्बाले सरकारले गरेको भनेको निर्णयको लिखित प्रतिलिपी माग गर्दा उपलव्ध गराउन नसकेपछि बार्ता अघि बढ्न नसकेको जानकारी दिए । उनले निर्णयको प्रतिलिपी आएपछि मात्रै आफूहरु बार्तामा बस्ने बताए ।
सोमबार अपरान्ह ५ बजे देखी सुरु भएको बार्ता करीब एक घण्टा बसेर स्थगित भएको थियो । आन्दोलनरत छ वटा ट्रेडयुनियनले आन्दोलन जारी रहेको जनाएका छन् ।
नेपाल स्वास्थ्यकर्मी संघ आन्दोलनको विपक्षमा
यसैबीच कांग्रेसन निकटको नेपाल स्वास्थ्यकर्मी संघले स्वास्थ्य संस्था ९ खको सम्वन्धमा पछिल्ला पटक गरिएका आन्दोलनमा आफूहरुको समर्थन नभएको बताएको छ । गत ४ फागुनसम्म संघ अन्य संगठन सगै आन्दोलनमा थियो ।
संघले आज विज्ञप्ती जारी गदै सरकारले आफूहरुले उठाउदै आएको माग क्रममा अघि बढेको भन्दै आन्दोलनलाई स्थगित गरि कार्यक्षेत्रमा फर्कन आन्दोलनरत स्वास्थ्यकर्मीलाई आग्रह समेत गरेको छ ।
हेरौँ स्वास्थ्यकर्मी संघको विज्ञप्ती
सम्पर्क इमेल : [email protected]
सन्तुलित समाचार, PLEASE