डा. चोपलाल भुसाल बंगलादेशका लागि राजदुतमा सिफारिस

काठमाडौँ, ९ फागुन । सरकारले बरिष्ठ नाक कान घाँटी ( इएनटी) रोग विशेषज्ञ प्राडा चोपलाल भुसाललाई बंगलादेशका लागि राजदुतमा सिफारिस गरेको छ ।

नेपाली कांग्रेसको कोटाबाट सिफारिसमा परेका डा भुसाल यसअघि त्रिवि शिक्षण अस्पतालमा कार्यरत थिए । उनी नेपाल स्वास्थ्य अनुसन्धान परिषदको अध्यक्ष तथा नेपाल चिकित्सक संघको अध्यक्ष समेत भईसकेका छन् ।

सोमबार दिउसो दोस्रोपटक बसेको मन्त्रिपिरषदको बैठकले १४ जना राजदुत सिफारिस गर्ने क्रममा डा भुसाललाई बंगलादेशका लागि सिफारिस गरेको हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *