डा. चोपलाल भुसाल बंगलादेशका लागि राजदुतमा सिफारिस

काठमाडौँ, ९ फागुन । सरकारले बरिष्ठ नाक कान घाँटी ( इएनटी) रोग विशेषज्ञ प्राडा चोपलाल भुसाललाई बंगलादेशका लागि राजदुतमा सिफारिस गरेको छ ।
नेपाली कांग्रेसको कोटाबाट सिफारिसमा परेका डा भुसाल यसअघि त्रिवि शिक्षण अस्पतालमा कार्यरत थिए । उनी नेपाल स्वास्थ्य अनुसन्धान परिषदको अध्यक्ष तथा नेपाल चिकित्सक संघको अध्यक्ष समेत भईसकेका छन् ।
सोमबार दिउसो दोस्रोपटक बसेको मन्त्रिपिरषदको बैठकले १४ जना राजदुत सिफारिस गर्ने क्रममा डा भुसाललाई बंगलादेशका लागि सिफारिस गरेको हो ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



