काठमाडौँ मेडिकल कलेजमा एमबीबीएस अध्ययनरत छात्राद्धारा आत्महत्या

13.6k
Shares

काठमाडौँ ८ फागुन । काठमाडौँ मेडिकल कलेज(केएमसी)मा एमबीबीएस अध्ययनरत एक छात्राले आत्महत्या गरेकी छन् । एमबीबीएस दोस्रो बर्षमा अध्ययनरत अनमोल कौलले शुक्रबार बेलुका आत्महत्या गरेकी हुन् ।

भारत जम्मुकस्मिर घर भएकी कौलले शुक्रबार बेलुका दुवाकोट स्थित होस्टलको कोठामा रहेको पंखामा चुन्नीले पासो लगाएर आत्महत्या गरेकी हुन् । होस्टलको कोठामा बस्ने अर्को साथी घर गएको मौका छोपी उनले आत्महत्या गरेको कलेज प्रशासनले जनाएको छ । उनको शब शुक्रबार बेलुका नौ बजे तिर आफ्नै कोठाको पंखामा झुण्डिएको अवस्थामा भेटिएको थियो ।

‘साढे पाँच बजेतिर उनी तीन जना साथीसंग खाजा खाएर कोठामा लागेकी थिइन , सात बजे खाना खाने बेलामा साथीहरुले बोलाउँदा टाउको दुखेको भन्दै नखाने भनेकी रहेछिन् । केही समय पछि उनलाई अभिभावकले फोन गर्नु भएको रहेछ । तर फोन उठेन । धेरै पटक नउठेपछि अभिभावकले नै होस्टल वार्डेनसंग जानकारी माग्नु भएको रहेछ । त्यसपछि उनको कोठमा गएर ढोका हान्दा खुलेन । त्यसपछि थाह भयो उनले आत्महत्या गरेकी रहेछिन्,’  क्याम्पस प्रमुख प्राडा चन्दा कार्कीले बताइन् ।

भारतको कास्मिर घर भएकी कौलका अभिभावक काठमाडौँमै व्यापार गरि बस्ने गरेका थिए । पढाईमा त्यति कमजोर होइन, अन्य कारण पनि थाह छैन् । प्राडा कार्कीले भनिन् साह्रै नै दुखद घटना घट्यो ।

कौलको सवलाई प्रहरी कलेज प्रशासन र अभिभावकले शुक्रबार राती नै त्रिवि शिक्षण अस्पताल पुरयाई पोष्टमार्टम गराएका थिए । रिपोर्टमा आत्महत्या भएको पाएपछि परिबारले शनिबार नै दाहसंस्कार गरिसकेका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

One thought on “काठमाडौँ मेडिकल कलेजमा एमबीबीएस अध्ययनरत छात्राद्धारा आत्महत्या

  1. Why any University professor fails to teach any human life is beyond any study ? Understanding is lacking everywhere.

Leave a Reply

Your email address will not be published. Required fields are marked *