नेपालमा महिला यौनकर्मी ५५ हजार

काठमाडौ, ५ फागुन ।   नेपालमा महिला यौनकर्मीको संख्या ५४ हजार १९७ जना रहेको अनुमान गरिएको छ । ती मध्ये सबैभन्दा बढी काठमाडौँमा (११ हजार ६७० जना) र सबैभन्दा कम मस्ताङमा (२ जना) रहेको पाइएको छ ।

सेभ द चिल्ड्रेन र ग्लोबल फण्डको सहयोगमा राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले गत भदौ देखि मंसिरसम्म देशका ४४ जिल्लामा गरेको सर्भेक्षणले यस्तो नतिजा देखाएको हो ।

विहीबार नतिजा सार्वजनिक गर्ने क्रममा केन्द्रका निर्देशक डा तरुण पौडेलले यौनकर्मीको संख्या कतिपय जिल्लामा अनुमान भन्दा बढी र कतिपय जिल्लामा कम भएको बताए ।

नेपालमा एचआईभीको जोखिममा रहेका मुख्य सूचकहरु मध्ये महिला यौनकर्मी, तेस्रो लिंगी, पुरुष यौनकर्मी तथा पुरुष समलिंगी, सुई द्धारा लागूपदार्थ लिने व्यक्तिको अनुमानित संख्या लिन सर्भेक्षण गरिएको थियो ।

गत भदौँ देखि मंसिर सम्म देशका ४४ जिल्लामा गएर गरिएको सर्भेक्षणले यौनकार्यमा सम्लग्न हुने महिला बाहेक तेस्रो लिंङ्गी २४ हजार १८५ जना, पुरुष यौनकर्मी २० हजार ६२५ र पुरुष समलिंङ्गी यौनकर्मीसंख्या ६७ हजार ६४ रहेको देखाएको छ ।

त्यस्तै सर्भेक्षणले सुईद्धारा लागूपदार्थ लिनेको संख्या ३४ हजार ३७५ रहेको देखाएको छ । त्यसमा पनि सबैभन्दा बढी काठमाडौँमा ३ हजार २५९ जना रहेको पाइएको छ ।

यता विहीबार सार्वजनिक प्रतिवेदन विश्वसनीय नदेखिएको भन्दै सरोकारवालाले आपत्ती जनाएका थिए । उनीहरुले कतिपय जिल्लाको तथ्यांक आफूहरुको अनुमान भन्दा धेरै अन्तरमा रहेको बताएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *