अध्ययन विनाका ‘परम्परागत स्वास्थ्यकर्मी’ गणना गर्दै सरकार

काठमाडौँ, ५ फागुन । सरकारले औपचारिक अध्ययन नगरेका तर अनुभवको आधारमा उपचार गर्दै आएका परम्परागत स्वास्थ्यकर्मीलाई सुचीकृत गर्ने भएको छ । स्वास्थ्य मन्त्रालय आयुर्वेद विभागले देशैभरबाट गाँउ गाँउमा रहेका परम्परागत स्वास्थ्यकर्मीको गणना गर्दै विभागमा सूचीकृत गर्ने भएको हो ।

विभागले अध्ययन नगरेका तर आयुर्वेदिक तथा जडिबुटी उपचारमा सहभागी हुँदै आएकाहरुलाई ‘परम्परागत स्वास्थ्यकर्मी’को दर्जा दिने गरेको छ ।

विभागका महानिर्देशक डा बासुदेव उपाध्यायले देशैभरबाट परम्परागत स्वास्थ्यकर्मीलाई सुचिकृत गर्ने र आवश्यकताका आधारमा उनीहरुलाई सामान्य तालिम समेत दिने योजना रहेको बताए ।

‘अहिले पनि कतिपय गाँउमा बच्चाले दुध खाएन, ज्वरो आयो भने झार फुक गर्ने चलन छ । पेट दुखेर आत्तिएकालाई केही जडिबुटि थिचेर खुवाउने चलन छ । यस्तो उपचार नपढेका तर अनुभवका परम्परागत रुपमा बैद्य कहलिएकाहरुले गर्दै आएका छन् । हामी त्यस्ता व्यक्तिहरुलाई सुचिकृत गर्न लागेका हौँ,’ डा उपाध्यायले भने ।

त्यसो त विभागले परम्परागत शैलीमा उपचार गर्दै आएका स्वास्थ्यकर्मीको गणनासंगै उनीहरुले गर्दै आएको परम्परागत उपचार विधिको समेत अनुसन्धान गर्ने भएको छ । ‘यो एक प्रकारको रिसर्च पनि हुनसक्छ, कि उनीहरुले के आधारमा उपचार गर्दै आएका छन् ? कसरी गर्दै आएका छन ? लक्षणहरु कसरी पत्ता लगाउछन ? आदि बारेमा उनीहरुको कुरा पनि सुन्छौँ र कत्तिको प्रभावकारी रहेछ त्यसको पनि मुल्यांकन गर्छौँ,’ डा उपाध्यायले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *