स्वास्थ्य संरचना पुनर्निमाण सरकारको प्राथमिकता : स्वास्थ्य मन्त्री थापा

काठमाडौँ, २५ माघ । स्वास्थ्य मन्त्री गगन थापाले स्वास्थ्य संरचना पुनर्निमाण अहिलेको सरकारको प्राथमिकतामा रहेको बताएका छन् । गुणस्तरीय स्वास्थ्य सेवाको लागि पूर्वाधार आवश्यक रहेको भन्दै पुनर्निमाण प्राथमिकतामा राखिएको बताएका हुन् ।

स्वास्थ्य क्षेत्रको संयुक्त बार्षिक समीक्षा गोष्ठीको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री थापाले गुणस्तरीय स्वास्थ्य सेवाको अहिलेको आवश्यकता भन्दै पहुँच विस्तार गर्न स्वास्थ्य पुर्नसंरचनाको काम समेत अघि बढाएको बताए ।

‘हामीले स्वास्थ्यलाई मौलिक हकमा रुपमा स्वीकार गरेका छौँ अव त्यसको कार्यान्वनयको चरण आएको छ । यसका लागि नीतिगत रुपबाट समेत यसलाई अघि बढाउन जरुरी छ,’  मन्त्री थापाले भने ।

उनले औषधि अभाव, दुर्गममा चिकित्सक, अस्पताल भवन, उपकरण अभाव लगायतका विषयहरुलाई चरणबद्ध रुपमा सल्टाउदै गएको समेत बताए । स्वास्थ्यका विभिन्न विषयका नीतिहरु बन्दै गरेको भन्दै यसले काम गर्नमा थप सहजता ल्याउने बताए ।

कार्यक्रममा बोल्दै स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङले स्वास्थ्यकर्मी तथा कर्मचारीहरुलाई खटाइएको स्थानमा गएर काम गर्न निर्देशन दिए । उनले गुणस्तरीय स्वास्थ्य सेवाका लागि सबैको सहयोगको जरुरी रहेको भन्दै सरकार हातेमालो गर्न चाहेको बताए ।

कार्यक्रममा बोल्दै स्वास्थ्य सचिव डा सेनेन्द्रराज उप्रेतीले सरकार नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिन कटिवद्ध रहेको भन्दै त्यो दिसामा काम भईरहेको समेत बताए ।

दातृनिकायसंगको समिक्षा गोष्ठिमा हालसम्म भएका उपलव्धी, कमजोरी, सच्याउनुपर्ने विषयका बारेमा समिक्षा हुनेछ । गोष्ठि भोलीसम्म चल्नेछ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *