‘ट्रमा केश’को लागि ‘हव’ बन्दै बुटवलको चौराहा अस्पताल

बुटवल, २४ माघ । ‘कतिपय बिरामीको गन्तव्यमा नपुग्दै मृत्यु हुन्थ्यो, तथापी त्यस क्षेत्रका चिकित्सकले गम्भीर चोटपटक लागेको केश देख्नासाथ राजधानीका लागि रिफर गर्दथे । बुटवल क्षेत्रका अस्पतालको केही बर्ष अघिसम्म दैनिकी जस्तै बनेको थियो यो । यसको कारण थियो, न अस्पतालमा उच्चस्तरीय उपकरण थियो, न त दक्ष जनशक्ति नै ।

तर अहिले बुटवलको परिचय फेरिएको छ । निजी
क्षेत्रबाट खुलेका कतिपय अस्पतालहरुले नयाँ नयाँ उपकरण जोडेका छन् । जनशक्ति थपेका छन् । जसले गर्दा गम्भीर केशहरु राजधानीतिर दौडाउनुपर्ने बाध्यता टरेको छ ।

त्यसैमध्येको एक हो बुटवल कालिकानगरमा रहेको चौराहा अस्पताल । दक्ष जनशक्ति, स्तरीय उपकरणका कारण अहिले पश्चिम क्षेत्रको बिरामीको उपचार गर्ने थलो बनेको छ यो अस्पताल ।

‘खासगरी चौराहा अस्पताल ट्रमा केशका लागि चर्चित छ । यस अस्पतालले सुरुगरेको नेगेटिभ प्रेसर ड्रेसिङ(घाउ पुरिन मद्धत गर्ने )पद्धतीले जटिल ट्रमाका केशहरुलाई छिटो निको बनाउन मद्धत गरेको छ,’ अस्पतालका अर्थोपेडिक सर्जन डा. योगेन्द्र अग्रहरिले भने ।

उनले अस्पतालमा अहिले पश्चिम नेपालका दाङ, रोल्पा, प्युठान देखि अर्घाखाँची, कपिलवस्तु रुपन्देही नवलपरासी लगायतका जिल्लाबाट जटिल ट्रमा केशहरु आईरहेको बताए ।

त्यसो त चौराहा अस्पतालमा साईन फ्याक्चर केयर इन्टरनेशनल अमेरिकाको सहयोगमा निशुल्क ‘नेल इम्प्लान्ट’ समेत हुने गरेको छ । त्यसको संयोजन समेत डा अग्रहरिकै पहलमा भईरहेको छ ।

अस्पतालका प्रवन्ध निर्देशक रेशमराज भट्टराईले चौराहा अस्पतालले दक्ष जनशक्ति र अत्याधुनिक उपकरणका साथ गुणस्तरीय सेवा प्रदान भईरहेको भन्दै सेवा विस्तारका लागि थप पहल भईरहेको जानकारी दिए ।

डा अग्रहरि सहितको मेडिकल टिम

‘अहिले हामीकहाँ ट्रमाका साथसाथै अन्य जटिल केशहरुको सहज उपचार भईरहेको छ । उपचार खर्च पनि अन्य निजी अस्पतालको तुलनामा सस्तो छ र उपचार गुणस्तरीय छ । त्यसैले आम नागरिकको विश्वास हामी तर्फ बढेको छ,’ भट्टराईले भने ।

अस्पतालले अहिले अर्थो, न्युरो, म्याक्ज्युलोफेसियल सर्जरीमा प्रसिद्धि कमाएको छ । त्यसका लागि अर्थोको नेतृत्व डा. अग्रहरि, न्युरोमा डा. केआई सिंह, जनरल सर्जरीमा डा. ऋषिकान्त अर्याल लगायतका टोलीले नेतृत्व गरेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *