अस्पतालकै बेडबाट नवजात शिशु हरायो, चोरी भएको परिवारको आशंका

बीरगञ्ज २१ माघ । नारायणी उपक्षेत्रीय अस्पतालबाट नवजात शिशु हराएको छ । जन्मिएको केही समय पछि नै शिशुको हराएको हो ।
छपकैया – २ बीरगञ्ज निवासी आशा देवीले अस्पतालमा जन्माएको छोरा केही समयपछि नै हराएको हो । परिवार तथा आफन्तले नवजात शिशुको चोरी भएको भन्दै प्रहरीमा उजुरी दिएको छ ।

प्रसूति व्यथाले च्याँपेपछि विहानै अस्पताल पुरयाइएकी आशा देवीले ११ बजे सुत्केरी भएकी थिइन । सामान्यरुपमा सुत्केरी भएपछि चिकित्सकले शिशु आफन्तलाई जिम्मा लगाएको अस्पतालका प्रमुख डा चितरञ्जन साहले बताए ।

आशा देवीलाई भेटन भन्दै आएकी एक अपरिचितले बच्चा लगेको हुनसक्ने अस्पताल प्रशासनको ठम्याई छ । सुत्केरीपछि धेरै रगत बगेपछि चिकित्सकले आशाको थप उपचार गर्दै थिए तर भेटन आएकी महिलाले बच्चा खेलाइरहेकी थिइन ।

पछि शिशुसंगै रहेका आफन्तलाई पाउरोटी किन्न पठाएकी महिला आफन्त आउँदा भेटिइनन् । परिबारका आफन्तले केही छिन पर्खदा समेत नआएपछि बच्चा चोरि भएको भन्दै होहल्ला गरेका थिए ।

रातो सारी लगाएको र पहेँलो सल ओढेको हुलिया आफन्तलाई याद भए पनि ती महिलाबारे अन्य कुनै प्रमाण भेटिएको छैन। अस्पतालमा सिसी क्यामेरा भए पनि केही समय देखि बिग्रिएको बताइएको छ ।

प्रहरीले वीरगन्जका सबै नाकामा निगरानी बढाएर खोजी जारी राखेको छ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *