कलेजोको कडापन जाँच्ने ‘फाईब्रोस्क्यान’ मेसिन बीर अस्पतालमा ल्याईदै

0
Shares

काठमाडौँ, २० माघ । अस्पताललाई साधन सम्पन्न गराउने अभियान अन्तर्गत बीर अस्पतालले कलेजोको कडापन जाँच्ने प्रविधि ‘फाईब्रोस्क्यान’ मेसिन ल्याउने भएको छ । रोटरी क्वल काठमाडौँ च्याप्टरको सहयोगमा अस्पतालले सो मेसिन ल्याउन लागेको हो ।

अस्पतालका निर्देशक प्राडा भुपेन्द्रकुमार बस्नेतले अवको केही हप्तामा रोटरी क्वलसंग सम्झौँता गरि मेसिन ल्याउने प्रक्रिया सुरु हुने बताए । करीब दुई करोड लागत मुल्यको सो मेसिनका लागि अस्पतालले १० प्रतिशत र रोटरीक्लवले बाँकी ९० प्रतिशत लागत बेहोर्ने छ ।

बीर अस्पतालका बरिष्ट कलेजो रोग विशेषज्ञ डा दिलीप शर्माले कलेजोको कडापन जाँच्ने यो अत्याधुनिक मेसिन रहेको बताउँदै यसले लिभर सिरोसिस भएका धेरै विरामीका लागि राहत हुने बताए । ‘खासगरी यो मेसिन आएपछि जतिपनि कलेजका विरामीहरुको बायप्सी गर्नुपर्ने हुन्छ जो विरामीका लागि अत्यन्तै पिडादायी समेत हुन्छ त्यो समस्याबाट धेरै हदसम्म राहत पाउन सकिन्छ,’ डा शर्माले भने ।

निर्देशक प्राडा बस्नेतले फाईब्रोस्क्यान मेसिनका लागि अस्पतालको तर्फबाट गर्नुपर्ने १० प्रतिशत रकमको जोहो गरिसकेको भन्दै अवको केही महिना भित्रमा मेसिन आएर सेवा सुरु हुने बताए ।

नौँ वटा डायलासिस मेसिन पनि आउँदै

रोटरीक्वलकै सहयोगमा बीर अस्पतालमा थप ९ वटा डायलासिस मेसिन आउने भएको छ । अहिले बीर अस्पतालमा ९ वटा डायलासिस मेसिन सञ्चालनमा छ ।

निर्देशक प्राडा बस्नेतका अनुसार यो पनि रोटरीक्लव अफ काठमाडौँ च्याप्टरको सहयोगमा आउन लागेको हो ।  प्राडा बस्नेतले फाइब्रोस्क्यान मेसिन र डायलासिस मेसिनको सम्झौँता संगसंगै हुने समेत जानकारी दिए ।

उनले थप मेसिन आएपछि केही मेसिन आईसियु वार्डमा र केही मेसिन छुट्टै चाहिने हेपाटाईटिस बी र सी तथा एचआईभीका विरामीका लागि प्रयोग गरिने जानकारी दिए ।

अहिलेसम्म आईसियु र हेप बी र सी तथा एचआईभीका विरामीका लागि बीर अस्पतालमा डायलासिस सुविधा थिएन ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *