प्रसूतिगृह अस्पतालको पनि आजदेखि आफ्नै फार्मेसी

काठमाडौँ, १७ माघ । थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले आजबाट आफ्नै फार्मेसी सुरु गरेको छ । अस्पतालको नयाँ भवनमा आजबाट फार्मेसी सुरु भएको हो ।

अस्पतालका निमित्त निर्देशक डा. अमिरबाबु श्रेष्ठले आजबाट फार्मेसी सुरु भएको जानकारी दिए । उनले एक सय बढी प्रकारका औषधिबाट फार्मेसी सुरु गरिएको जानकारी दिए । उनले एक हजार बढी प्रकारका औषधिको डेन्टर भएको र आउने क्रम रहेको बताए ।

उनले फार्मेसी खुलेपछि विरामीका लागि निकै फाईदा हुने बताए । ‘कुनै औषधि त बाहिर भन्दा चार पाँच गुणासम्म सस्तो पर्छ नत्र ५० प्रतिशत र नभए २० प्रतिशत त कम्तीमा सस्तो पर्छ नै यसले विरामीलाई धेरै नै सहयोग पुरयाउछ,’डा. श्रेष्ठले भने ।

अस्पतालको आफ्नै फार्मेसीको हुनुपर्ने भन्दै सरकारले कडाई गरेपछि सरकारी अस्पतालहरुले धमाधम आफ्ना फार्मेसी सञ्चालनमा ल्याएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *