प्रसूतिगृह अस्पतालको पनि आजदेखि आफ्नै फार्मेसी

304
Shares

काठमाडौँ, १७ माघ । थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले आजबाट आफ्नै फार्मेसी सुरु गरेको छ । अस्पतालको नयाँ भवनमा आजबाट फार्मेसी सुरु भएको हो ।

अस्पतालका निमित्त निर्देशक डा. अमिरबाबु श्रेष्ठले आजबाट फार्मेसी सुरु भएको जानकारी दिए । उनले एक सय बढी प्रकारका औषधिबाट फार्मेसी सुरु गरिएको जानकारी दिए । उनले एक हजार बढी प्रकारका औषधिको डेन्टर भएको र आउने क्रम रहेको बताए ।

उनले फार्मेसी खुलेपछि विरामीका लागि निकै फाईदा हुने बताए । ‘कुनै औषधि त बाहिर भन्दा चार पाँच गुणासम्म सस्तो पर्छ नत्र ५० प्रतिशत र नभए २० प्रतिशत त कम्तीमा सस्तो पर्छ नै यसले विरामीलाई धेरै नै सहयोग पुरयाउछ,’डा. श्रेष्ठले भने ।

अस्पतालको आफ्नै फार्मेसीको हुनुपर्ने भन्दै सरकारले कडाई गरेपछि सरकारी अस्पतालहरुले धमाधम आफ्ना फार्मेसी सञ्चालनमा ल्याएका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *