४८ करोड लागतमा गंगालालले बनाउन लाग्यो अत्याधुनिक ओपिडी भवन

काठमाडौँ, १५ माघ । शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रले तीन बर्षमा सम्पन्न गर्ने लक्ष्यका साथ अत्याधुनिक आकस्मिक तथा ओपिडी भवन बनाउन सुरु गरेको छ । करीब ४८ करोड लागतमा बन्न लागेको सो चार तल्ले भवनमा पेइङ क्लिनिक समेत सञ्चालन गर्ने बताइएको छ ।

निर्माणको काम केही महिना अघि देखि सुरु भएता पनि भवन निर्माणको औपचारिक शिलान्यास आज भएको छ । केन्द्रको २१ औँ बार्षिकोत्सव समारोहको अवसरमा प्रमुख अतिथि बनेका स्वास्थ्य मन्त्री गगन थापाले भवनको जग पुजा गर्दै औपचारिक शिलान्यास गरे ।

सो अवसरमा बोल्दै स्वास्थ्यमन्त्री थापाले गंगालालले हरेक लक्ष्य समयसीमा भित्रै पुरा गर्दै आएको भन्दै अहिलेको निर्माणको काम समेत समयमै सम्पन्न गर्नेमा विश्वास व्यक्त गरे ।

केन्द्रका कार्यकारी निर्देशक डा ज्योतिन्द्र शर्माले तोकिएकै समयमा निर्माण सम्पन्न गर्ने गरि काम अघि बढेको बताए । विसं २०५२ सालमा ९ सैयाबाट सेवा सुरु गरेको अस्पतालको क्षमता विस्तार भई अहिले २०० सैयामा सञ्चालन छ ।

अस्पतालले विसं २०५५ साल १५ पुसबाट बहिरंग सेवा सुरु भएदेखि हालसम्म १२ लाख ९० हजार विरामीको स्वास्थ्य परीक्षण गरेको जनाएको छ । यस अवधीमा करीब ४८ हजार विरामीको मुटुको विशेष परीक्षण तथा १८ हजार बिरामीको सल्यक्रिया भएको जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *