स्वास्थ्य मन्त्रालयका दुई सहसचिवको सरुवा

काठमाडौँ, १५ माघ । स्वास्थ्य मन्त्रालयका दुईजना सहसचिवको सरुवा भएको छ । शुक्रबार बसेको मन्त्रीपरिषदको बैठकले अन्य मन्त्रालयकासंगै स्वास्थ्यका दुई जनाको सरुवा गरेको हो ।

सरुवा हुनेहरुमा मन्त्रालय कर्मचारी प्रशासन महाशाखा प्रमुख दानध्वज बस्नेत र मानव संसाधन तथा वित्तिय स्रोत व्यवस्थापन महाशाखा प्रमुख रामशरण चिमोरिया छन् ।

स्वास्थ्यबाट बस्नेत सिँचाई मन्त्रालयमा र चिमोरिया अर्थमन्त्रालयमा पुगेका छन् । उता सप्तरीका प्रमुख जिल्ला अधिकारी बलदेव गौतमको स्वास्थ्य मन्त्रालयमा सरुवा भएको प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *