स्वास्थ्य मन्त्रालयले महाशाखाहरुसंग माग्यो बजेट तथा कार्यक्रमका लागि ‘प्रपोजल’

काठमाडौँ, १३ माघ ।  स्वास्थ्य मन्त्रालयले आगामी आर्थिक बर्षका लागि आवश्यक पर्ने बजेट तथा कार्यक्रमको खाका (प्रपोजल) बनाई उपलव्ध गराउन स्वास्थ्य सेवा विभाग अन्तर्गतका महाशाखाहरुलाई निर्देशन दिएको छ ।

मन्त्रालयले योजना बनाउँदा कार्यक्रमको अवसर चुनौती, सोच लक्ष्य, उदेश्य, परिमाणात्मक लक्ष्य तथा उपलव्धि, लाभग्राही बर्ग, स्रोत साधनको व्यवस्था आदि समेत उल्लेख गरेर पेश गर्न निर्देशन दिएको छ ।

‘मन्त्रालयले हरेक महाशाखाबाट ‘इन्डिभिजुअल अप्रोच प्लान’ तयार गरी पेश गर्न निर्देशन आएको छ । हामी त्यसैको तयारीमा लागेका छौँ,’ स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. राजेन्द्र पन्तले भने । उनले हरेक महाशाखाबाट मंगलबारसम्म योजनाको खाका आउने र बुधबार वा विहीबार सम्म स्वास्थ्य मन्त्रालयमा पेश गर्ने बताए ।

स्वास्थ्य मन्त्री गगन थापाले आगामी बर्षका लागि विभाग अन्तर्गतका महाशाखाहरुले पेश गर्ने कार्यक्रम योजना र बजेट मागको आधारमा अर्थ मन्त्रालयसंग लविङमा लाग्ने योजनामा छन् ।

‘हाम्रो योजना र माग अनुसार नै मन्त्री ज्यूले अर्थ मन्त्रालयसंग बजेटबारेमा छलफल गर्ने कार्यक्रम छ । त्यसैले सबै मन्त्रालयलाई आ आफ्ना योजना तोकिएको मापदण्ड नछुट्ने गरी बनाई पेश गर्न भनिएको हो ,’ महानिर्देशक डा. पन्तले भने ।

महानिर्देशक डा पन्तले सोही विषयमा छलफल गर्न आज सबै महाशाखाका विभागीय प्रमुखहरुलाई बोलाएका थिए र योजना पेश गर्न मंगलबारसम्मको समय दिएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *