टेकु अस्पतालमा ६४ स्लाइस सीसीको सिटिस्क्यान सञ्चालनमा


काठमाडौँ, १० माघ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले सिटिस्क्यान सेवा सुरु गरेको छ । सरकारी अस्पतालमै सबै भन्दा उच्च गुणस्तरको ९६४ स्लाइस सीसी०को सिसिस्क्यान मेसिनद्धारा सेवा सुरु गरेको हो । यद्धपी सिटी गराएबापत लाग्ने शुल्क भने सबैभन्दा सस्तो रहेको अस्पताल प्रशासनको दावी छ ।

सोमबार अस्पतालको ८३ औँ बार्षिकउत्सवको अवसर पारी स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङले सिटिस्क्यान सेवाको उद्घाटन गरे । सो अवसरमा बोल्दै मन्त्री गुरुङले समय सापेक्ष र रोगहरुसंग जुध्नका लागि आवश्यक उपकरण थप्दै जानुपर्ने बताए । उनले त्यसका लागि मन्त्रालय सहयोग गर्न तत्पर रहेको दावी गरे ।

स्वास्थ्य सचिव डा सेनेन्द्रराज उप्रेतीले अस्पताल सुधारका लागि आवश्यक सहयोग मन्त्रालय तयार रहेको भन्दै कार्ययोजना सहित माग गर्नुपर्ने बताए । उनले स्वास्थ्यमा राम्ररी बजेट खर्च गर्ने समेत समस्या भएको भन्दै योजना राम्रा भए बजेटको समस्या नहुने बताए । उनले १९९० सालमा स्थापित शुक्रराज अस्पतालले धेरैको ज्यान बचाएको बताए ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा राजेन्द्र पन्तले शुक्रराज अस्पतालले सरुवा रोग नियन्त्रणमा अगुवाई गर्दै आएको भन्दै भविस्यमा यसको कार्यक्षमता अझ विस्तार होस भन्दै शुभकामना दिए । उनले विभागका तर्फबाट गर्नुपर्ने सहयोग जारी रहने बताए ।

अस्पतालका निर्देशक डा रमेश खरेलले धेरै पुरानो अस्पताल केही समय उपेक्षामा परेपनि विस्तारै गति लिन थालेको दावी गरे । उनले एक सय बेडको अस्पताल तीन सय बेडमा स्तरउन्नरी गर्ने योजना अघि सारेको जानकारी दिए । अत्याधुनिक सिटिस्क्यान सेवा सञ्चालनमा आएको, चार बेडको आईसियु समेत तयारी अवस्थामा आइसकेको, आईसोलेसन वार्ड, खोपका कुरा लगायत धेरै नयाँ उपलव्धी भईरहेको बताउदै डा खरेलले अस्पतालको सेवालाई थप प्रभावकारी बनाउन विभिन्न उपाय अवलम्वन भएको बताए ।

सो अवसरमा बर्ष भरीमा ओपिडीमा आएका, भर्ना भएका तथा खोप लगाएका विरामीहरुको विवरण प्रस्तुत गरिएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *