कान्ति अस्पतालमा मानसिक स्वास्थ्य भवन बन्ने

काठमाडौँ, ७ माघ । नेपालको एक मात्र बाल अस्पताल कान्ति बाल अस्पतालमा मानसिक स्वास्थ्य भवन बन्ने भएको छ ।

स्वाथ्यमन्त्री गगनकुमार थापाले रु चार करोड लागतमा निर्माण गरिने सो भवन अस्पताललाई ‘सेन्टर अफ एक्सिलेन्स’ बनाउने योजनाअन्तर्गत बनाउन लागेको जानकारी दिए ।

नर्वेको फिर्विट फाउन्डेसनको आर्थिक सहयोग र सिविन नेपालको संयोजनमा उक्त भवन निर्माण गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्री थापाले केही दिनमा नै भवन निर्माणको सम्झौतापत्रमा हस्ताक्षर हुने बताए ।

गत वर्षदेखि कान्तिमा बालमनोरोगको उपचारका लागि छुट्टै विभाग सञ्चालन हँुदैआएको छ । विभागका प्रमुख बालमनोरोग विशेषज्ञ डा अरुण कँुवरले क्लिनिकमा विशेषगरी बच्चाको उमेर बढ्दै जाँदा उमेरअनुसार शारीरिक, मानसिक विकास नहुने, आवश्यकताभन्दा बढी चकचक गर्ने, सुस्त मनस्थिति भएका, बौद्धिक अपाङ्गता भएका बालबालिका आउने गरेको बताए ।

देशका विभिन्न स्थानबाट आउने बालबालिका उपचारको अभावमा अन्यत्र जानुपर्ने बाध्यताको अन्त्य गर्न भवन बनेपछि सहयोग पुग्ने बताइएको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *