एचआइभी सङ्क्रमितहरु कठिन अवस्थामा

(निमदत्त सुवेदी)पोखरा, ६ माघ । कास्कीको पुरुञ्चौरमा बस्दै आएका एचआइभी सङ्क्रमितलाई अहिले दैनिक जीवन धान्न निकै कठिनाइ परेकोे छ ।

आम्दानीको स्रोत नभएपछि कसरी बिहान बेलुकाको छाक टार्ने भनेर उनीहरुमा चिन्ता बढ्दै गएको हो ।

एचआइभी सङ्क्रमित भएपछि समाजको हेय र दुव्र्यवहारका कारण सो ठाउँमा आंकुरा केयर भिलेज संस्थाको सहयोगमा चार सङ्क्रमित र एक अपाङ्ग बस्दै आएका छन् ।

दैनिक गुजाराका लागि केही आम्दानी होलाकी भनेर पाल्दै आएका बाख्रा पनि रोग लागेर मर्न थालेपछि उनीहरुमा अबको बाँकी जीवन कसरी बिताउने हो भन्ने पिरले सताउन थालेको छ ।

विवाह गरेको पाँच वर्ष बित्न नपाउँदै आफ्ना श्रीमान्को एड्स रोगबाट मृत्यु भएपछि आपूm र छोराछोरी पनि एचआइभी सङ्क्रमित भएको थाहा पाएकी लक्ष्मी अधिकारी छाँगाबाट खसेजस्तै भइन् ।

उनका श्रीमान् राजु अधिकारी ११ वर्षको उमेरदेखि नै रोजगारीका लागि भारत गएका थिए । नोकरीको सिलसिलामा घर आउने जाने गर्थे । उनको २०५९ सालमा २८ वर्षकै उमेरमा एड्स रोगबाट मृत्यु भएपछि लक्ष्मीका सपना पनि चकनाचुर भए ।

श्रीमान्को अल्पायुमै मृत्यु, आपूm र आफ्ना दुई छोराछोरी एचआइभी सङ्क्रमित हुनुको चोट खपिरहेको अवस्थामा गाउँलेले पनि सहयोग गर्नुको सट्टा अनेक आरोप लगाएर गाउँमा बस्न दिएनन् । गाउँलेले बारम्बार अनेकौँ दबाब दिएर गाउँबाट निकालेको उनको दुखेसो छ । बुढेसकालको सहारा दिने एकमात्र छोराको मृत्यु भएपछि लक्ष्मीकी सासू खिउकुमारी अधिकारी, लक्ष्मी र दुई छोराछोरीसहित पोखरा झरेका हुन् । आम्दानीको स्थायी स्रोत नभएपछि उनी धेरै समय पोखरा टिक्न सकिनन् ।

आफ्ना बाबु चतुराखर बास्तोलाले पुरुन्चौरमै किनेर राखेको १० रोपनी जमिनमा आठ वर्षअघि लक्ष्मी आंकुर केयर भिलेज संस्था दर्ता गरी उन िबस्न थालिन् । एड्स रोग लागेर वा आमाको मृत्यु भएपछि विचल्ली र अपहेलित भएका तीन अन्य बालबालिकालाई पनि उनले संरक्षण दिएर राखेकी छन् । पोखराका निजीस्तरका विद्यालयले एचआइभी सङ्क्रमित भएको थाहा पाएपछि तिनीहरुलाई विद्यालयमा पढ्न नदिई निष्कासन गरेपछि लक्ष्मीले आपूmसँगै राखेर अहिले खान, बस्न र पढ्ने सुविधा दिएर राखेकी हुन् ।

कास्कीका १५ र नौ वर्षका दुई बालक र लमजुङकी एक १४ वर्षीया बालिका उनको साथमा छन् । औषधिको असरले एक बालकलाई भने पक्षघात भएको छ ।

आपूmहरुले पालेका बाख्रा बेचेर महिनामा औषत रु पाँच÷छ हजार आउने तर अहिलेको महँगीले पाँचजनाको परिवारको जीवन धान्न धौधौ भएको लक्ष्मीको गुनासो छ ।

कसैका घरपरिवारले एचआइभी रोग लागेपछि छिछी र दुर्दुर गर्ने गरेपनि सासू खिउकुमारीले भने कहिल्यै पनि आपूmलाई हेला नगरेको लक्ष्मी बताउँछिन् । दुःखका बेलामा पनि सासूको सहयोग पाएको र उहाँकै प्रेरणाबाट आपूm अहिलेसम्म ठाडो शिर गरेर हिँड्न सकेको लक्ष्मी बताउँछिन् । उनीसँगै रहेका अपाङ्ग आफ्नै दाजु चेतप्रसाद बास्तोलाले पालेका बाख्राको स्याहारसम्भार उनी गर्दछिन् ।

कास्कीमा झन्डै दुई हजार २०० एचआइभी सङ्क्रमित रहेको त्यसमा काम गर्दै आएको कम्युनिटी सपोर्ट ग्रुप पोखराले जनाएको छ । संस्थाले कास्कीलगायत अन्य जिल्लाका ५६९ एचआइभी सङ्क्रमितसँग भेटघाट, सरसल्लाह र सेवा पु¥याउँदै आएको र अन्य भने सम्पर्कमा नरहेको कार्यक्रम व्यवस्थापक लाल गुरुङले बताए ।

उनका अनुसार तीमध्ये ५५७ जनाले औषधि प्रयोग गरेका छन् । अहिलेसम्म ४१ जनाको मृत्यु भएको र जसमा चारजना कास्कीका छन् ।

जिल्लास्थित एड्स रोग नियन्त्रण सङ्घले एचआइभी सङ्क्रमणबाट जोगिन विभिन्न विद्यालय र सार्वजनिक ठाउँमा सचेतनामूलक काम गर्दै आएको सङ्घका अध्यक्ष विश्वमोहन गौचनले बताए । अहिले यौन सम्पर्कबाट भन्दा पनि लागुऔषध प्रयोग गर्दा सिरिन्जबाट एचआइभी सङ्क्रमितको सङ्ख्या बढ्दै गएको र यसको नियन्त्रणमा सचेतनामूलक चलचित्रहरु देखाइने गरेको उनले जानकारी दिए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *