सरकारले हटाएका ६ जना सदस्य सर्वोच्च अदालतद्धारा पुर्नस्थापित

काठमाडौँ, २ माघ।  सर्वोच्च अदालतले बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका ६ सदस्य हटाउने र नयाँ सदस्य नियुक्ती गर्ने निर्णय तत्काल कार्यान्वयनमा नल्याउन सरकारका नाममा अन्तरिम आदेश दिएको छ । सर्वोच्चका न्यायधीश ईश्वर खतिवडाको इजलाशले सरकारका नाममा कारण देखाउ आदेश समेत जारी गरेको छ ।

सेवा अवधी ३ महिना बाँकी रहेका सदस्यहरु प्राडा गणेश गुरुङ, डा. शीला बर्मा, डा. केदार सेन्चुरी डा. चण्डीका पण्डित, प्रभा बराल र रामप्रसाद न्यौपानेलाई गत २१ पुसको मन्त्रिपरिषदको बैठकले बर्खास्त गरेको थियो । सोही दिन छ जना नयाँ सदस्य नियुक्त गरेको थियो ।

नयाँ सदस्यहरुमा डा. तारा मानन्धर, डा. आरती शाह, डा. अनु कुसवाह, डा. सरिता घिमिरे, सुमिता रिमाल र दिनेश कोइराला थिए । उनीहरुले पहिलो बैठक बसी केही निर्णय समेत गरेका थिए ।

आजको निर्णयले आफूहरुलाई पुर्नस्थापित गरिदिएको एक सदस्य न्यौपानेले बताए । उनले अव तत्कालै अध्यक्षलाई बैठकका लागि आग्रह गर्ने बताए । यसअघि आफूहरुलाई अन्यायपूर्ण रुपमा हटाईएको भन्दै अघिल्ला सदस्यहरु गत विहीबार सर्वोच्चमा पुगेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *