मेडिकल कलेजहरुलाई शुल्क र मेरिट लिष्ट उल्लंघन नगर्न आईओएमको निर्देशन

0
Shares

काठमाडौँ, २९ पुस । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)ले मेरिट लिष्ट अनुसार तोकिए बमोजिम शुल्क लिएर विद्यार्थी भर्ना मेडिकल कलेजहरुलाई निर्देशन दिएको छ ।

मेरिट अनुसार भर्ना नभएको तथा शुल्क समेत तोकिए भन्दा बढि लिएको परीक्षार्थीहरुबाट लिखित जानकारी आएको भन्दै आइओएमले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

कतिपय मेडिकल कलेजले ६० लाख भन्दा बढी शुल्क लिएर भर्ना लिने गरेको खबर सार्वजनि भएको थियो । त्यस्तै मेरिट लिष्ट समेत उल्लगन गरि शुल्क बढी तिर्नेलाई भर्ना लिने गरेको गुनासो आएको थियो । सो गुनासो पछि आज सूचना निकालेको हो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *