औषधि अभाव हुन नदिन स्वास्थ्यमन्त्री थापाको निर्देशन

0
Shares

बनेपा, २५ पुस । स्वास्थ्यमन्त्री गगनकुमार थापाले काभ्रेपलाञ्चोकमा औषधिको अभाव हुन नदिन कर्मचारीलाई निर्देशन दिएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले आज धुलिखेलमा आयोजना गरेको पूर्ण खोप सुनिश्चितता कार्यक्रममा उनले काभ्रेपलाञ्चोक जिल्लाबाट औषधिसम्बन्धी सबैभन्दा बढी उजुरी आएकाले त्यसको व्यवस्थापन स्वास्थ्य कार्यालयले गर्नुपर्ने बताए ।

उनले जिल्लाको कुनै पनि स्वास्थ्य चौकीमा औषधिका बारेमा उजुरी आउन नहुनेमा जोड दिँदै भने, “कुन स्वास्थ्य चौकीमा औषधिको अभाव भएको हो लेखेर दिनुहोस्, २४ घन्टामा नै औषधिको आपूर्ति गरिने छ ।”

मन्त्री थापाले नेपालमा एक शिशुका लागि रु पाँच हजार बराबरको खोप खर्च भएको बताउँदै अझै थप खोप दिन सकिने जानकारी दिए ।

सो अवसरमा मन्त्री थापाले पूर्ण खोप सुनिश्चिताको प्रमाणपत्र काभ्रेपलाञ्चोकका स्थानीय विकास अधिकारी टेकराज निरौला र जिल्ला स्वास्थ्य प्रमुख अर्जुन सापकोटालाई संयुक्त रुपमा हस्तान्तरण गरे । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *