पाँच डाक्टर र एक नर्स डिएसपी बढुवाका लागि सिफारिस

32
Shares

काठमाडौँ, २३ पुस। नेपाल प्रहरी अस्पतालमा कार्यरत पाँच चिकित्सक र एक जना नर्स डीएसपीमा बढुवाका लागि सिफारिस भएका छन् ।
शुक्रबार बसेको बढुवा समितिको बैठकले स्वास्थ्य उपसमूह चिकित्सक तर्फ पाँचजना चिकित्सक र नर्स तर्फ एक जनाको बढुवाका लागि सिफारिस गरेको हो ।

बढुवा सिफारिस हुनेमा डा छन्दबहादुर बुढाथोकी, डा केदार खड्गी, डा सेवक श्रेष्ठ, डा नविनकुमार चौधरी र डा सन्तोष जोशी छन् । त्यस्तै स्वास्थ्य उपसमूहको नर्सिङतर्फ लालबाबुलाई डिएसपीमा बढुवाका लागि सिफारिस गरिएको हो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *