अब सेना तथा प्रहरीको अस्पतालमा पनि सर्वसाधारणले उपचार गर्न पाउने

काठमाडौँ, २२ पुस । अब आम सर्वसाधारणले पनि प्रहरी र सेनाका अस्पतालमा उपचार गराउन पाउने भएका छन् । अहिलेसमम प्रहरी तथा सेनाका अस्पतालमा वहालवाला प्रहरी तथा सेना, निबृत्त प्रहरी तथा सेना र तिनका परिबारको मात्रै उपचार हुने गरको छ ।

केही समय यता स्वास्थ्य मन्त्रालय, गृह मन्त्रालय र रक्षा मन्त्रालयबीचको छलफल पछि ती अस्पतालका सेवा सर्वसाधारणलाई समेत खुल्ला गर्ने सहमति भएको हो । सोही तयारी अनुसार नेपाल प्रहरीले आगामी १५ माघ देखि उपचार सेवा प्रदान गर्ने निस्कर्षमा पुगेको छ । सेना र सशस्त्र प्रहरीले भने सेवा सुरु गर्ने मिति तोकिसकेका छैनन् ।

स्वास्थ्य मन्त्रालय चिकित्सा सेवा महाशाखा प्रमुख डा भोलाराम श्रेष्ठका अनुसार काठमाडौँ र नेपालगञ्जमा भएका प्रहरीका अस्पतालमा आगामी १५ माघ देखि सर्वसाधारणले ओपिडी, इमरजेन्सी, फार्मेसी तथा ल्याव सुविधा पाउनेछन् । सर्वसाधारणका लागि ती अस्पतालले दिउसो १ देखि ४ बजेसम्म ओपिडी जाँचको व्यवस्था मिलाएको छ ।

त्यस्तै सशस्त्र प्रहरी र सेनाले समेत आफ्ना अस्पतालबाट सेवा दिने गरि तयारी गरेका छन् । यद्धपी कुन दिन देखि सेवा सुरु हुन्छ भन्ने निर्णय भईनसकेको डा श्रेष्ठले बताए । सेनाको छाउनी तथा सशस्त्रको बलम्बुमा ठूला अस्पताल सञ्चालनमा छन् ।

मन्त्रालयका शाखा अधिकृत कृष्णप्रसाद सुवेदीले सर्वसाधारणलाई सेवा उपलव्ध गराएवापत ती अस्पताललाई स्वास्थ्य मन्त्रालयका तर्फबाट गर्नमिल्ने आर्थिक, भौतिक तथा अन्य सहयोग समेत उलव्ध गराउने सहमति भएको बताए । ‘तालिमका कुरा होला, उपकरण सहयोग सहुलियतका कुरा होला त्यस्ता सबैखालको सहयोग आदानप्रदान गर्ने भन्ने कुरा भएको छ,’ सुवेदीले बताए ।

उनले जिल्ला तथा क्षेत्रहरुमा इमरजेन्सी पर्दा सेनाका गुल्म तथा गणहरुमा हुने चिकित्सकबाट सहयोग लिन सक्ने समेत समझदादी हुन लागेको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *