बुढानिलकण्ठमा पञ्चकर्म र योगसहितको आयुर्वेदिक उपचार केन्द्र स्थापना हुने

40
Shares

काठमाडौँ, २१ पुस ।  सरकारले विशिष्ठ सेवा दिने गरि बुढानिलकण्ठमा अत्याधुनिक आयुर्वेद उपचार केन्द्र स्थापना गर्ने भएको छ । विहीबारको मन्त्रीपरिषद्को बैठकले राष्ट्रिय आयुर्वेद, पञ्चकर्म तथा योग सेवा केन्द्र स्थापना गर्न स्वास्थ्य मन्त्रालयले राखेको प्रस्ताव स्वीकृत गरेपछि केन्द्र स्थापनाको लागि बाटो खुलेको हो ।

विष्णु बुढानिलकण्ठ – ४ चपली हाईट भन्दा केही माथि पट्टी आयुर्वेद विभागको नाममा १३ रोपनी ११ आना जग्गा छ । सोही जग्गामा ५० बेडको केन्द्र खोल्न लागिएको हो ।

विभागका महानिर्देशक डा. बासुदेव उपाध्यायले आयुर्वेदमा विशिष्ठ किसिमको सेवा दिने गरी योग, पञ्चकर्म तथा उपचारलाई संगै लैजाने गरी केन्द्र खोलिने बताए ।

‘अहिले हामीसंग आयुर्वेको लागि नरदेवी आयुर्वेद अस्पताल केन्द्रीय रुपमा र बिजौरी दाङमा क्षेत्रीय आयुर्वेदिक अस्पताल सञ्चालनमा छ तर यी दुबै जनरल हुन् । अहिले खोल्न स्विकृत पाएको विशिष्ठ सेवा दिने योग तथा पञ्चकर्मका माध्यमबाट समेत सेवा दिने खालको हो ,’डा.  उपाध्यायले भने ।

त्यसो त मन्त्रालयले केन्द्र स्थापना प्रक्रिया अघि बढाउन एक करोड रकम छुट्याएको छ । ‘अव हामी टेन्डरमा गई हाल्छौँ र काम अघि बढाउँछौँ ,’ नेपालीहेल्थसंग उनले भने ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *