छ महिनाभित्र १७ जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम सुरु हुँदै

काठमाडौँ, १७ पुस – सरकारले आगामी छ महिना भित्र थप १७ जिल्लामा स्वास्थ्य बीमा सुरु गर्ने भएको छ । अहिलेसम्म ८ वटा जिल्लामा स्वास्थ्य बीमा सुरु भईसकेको छ ।

स्वास्थ्य बीमा सञ्चालन गर्ने सरकारी निकाय सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिका कार्यकारी निर्देशक डा. गुणराज लोहनीका अनुसार आगामी चैतको पहिलो साता ५ जिल्लामा र असारको पहिलो साता थप ५ जिल्लामा कार्यक्रम विस्तार गर्ने योजना छ । बाँकी ७ वटा जिल्लामा पनि असार मसान्ससम्म शुभारम्भ गर्ने योजना रहेको उनले बताए ।

डा. लोहनीका अनुसार बीमा कार्यक्रमको तेस्रो चरण आगामी चैतमा तनहुँ, गोरखा, भक्तपुर, चितवन र झापामा सुरु छन् हुनेछ । त्यस्तै चौथो चरण असारको पहिलो साता जुम्ला, जाजरकोट, महोत्तरी, रोल्पा र मकवानपुरमा सुरु हुने छ ।

बाँकी रहेको सात जिल्लामा पाँचौँ चरण अन्तरगर्त असार मसान्तसम्म बीमा कार्यक्रम सुरु गर्ने योजना छ । ती जिल्लाहरुमा पर्सा, सुनसरी, रौतहट, सोलुखुम्बु, सुर्खेत, बर्दिया र सिन्धुली रहेका छन् ।

समितिले गतसाता मात्रै दोस्रो चरणको योजना अन्तरगर्त अछाम, बैतडी, पाल्पा, कास्की र म्याग्दीमा बीमा कार्यक्रम सुरु गरेको थियो । त्यसअघि पहिलो चरणमा कैलाली, बाग्लुङ र इलाम जिल्लामा सुरु भएको थियो । ती जिल्लामा स्वास्थ्य उपचार सेवा समेत सुरु भईसकेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *