डाक्टरहरुको ‘कोड अफ इथिक्स’लाई परिमार्जन गर्ने तयारी

काठमाडौँ, १५ पुस – नेपाल मेडिकल काउन्सिलले १५ बर्ष पुरानो ‘कोड अफ इथिक्स’लाई परिमार्जन गर्ने तयारी गरेको छ । पछिल्लो समय चिकित्सकीय लापरबाहीका घटना बढेको भन्दै इथिक्सलाई थप बलियो बनाउने गरि परिमार्जनको तयारी गरेको हो ।

प्राडा रमेशकान्त अधिकारीको संयोजकत्वमा गठित समितिले सन् २००२मा चिकित्सकहरुका लागि ‘कोड अफ इथिक्स’ बनाएको थियो । परिवर्तित सन्दर्भसंगै त्यसमा समेत केही संसोधन आवश्यक भएको भन्दै काउन्सिलले कानूनी व्यवस्थालाई केही परिमार्जन गर्न लागेको हो ।

‘कोडअफ इथिक्स’लाई संसोधन गर्ने विषयमा शुक्रबार काउन्सिलले आयोजना गरेको कार्यक्रममा अध्यक्ष प्राडा धर्मकान्त बास्कोटाले चिकित्सकीय पेशा, आचरण, रोग तथा उपाचारका पद्धती आएका बदलावसंगै डाक्टरको ‘कोडअफ इथिक्स’मा समेत परिवर्तन गर्न आवश्यक भएको बताए । उनले चिकित्सकीय आचरणमा के गर्न हुने के गर्न नहुने, समस्या आएमा के गर्ने आदिका बारेमा सरोकारवालासंग छलफल गरी चिकित्सा सम्वन्धी कानूनलाई बलियो बनाउन लागेको बताए ।

राष्ट्रिय योजना आयोगका सदस्य हिरेन्द्रमान प्रधानले पछिल्लो समयमा मेडिकल क्षेत्रमा समेत विकृति बढेको सुनिएको भन्दै यसको न्युनिकरणका लागि बलियो कानूनको कार्यान्वनय गर्नुपर्ने बताए । उनले कानून बलियो बनाउनु ठूलो कुरा नभएको भन्दै त्यसको कार्यान्वनय महत्वपूर्ण भएको बताए ।

विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधी डा जोशले विरामीलाई सर्बोपरि ठानि उनीहरुको हीतमा रहने गरी कानून आवश्यक रहेको बताए ।
कार्यक्रममा काउन्सिलको अगुवाईमा गठित टोलीले भर्खरै बनाएको नयाँ कोड अफ इथिक्सको मस्यौदा माथि छलफल भईरहेको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *