नक्कली अभियोगमा पक्राउ परेका डाक्टर यादवले पाए सफाई

जनकपुर, १३ पुस  –  आइएस्सीको प्रमाणपत्र नक्कली भएको आरोपमा पक्राउ परेका डा. रामजी यादवलाई जिल्ला अदालत धनुषाले सफाई दिएको छ । न्यायधीश ऋषिराज अधिकारीको एकल इजलासले आज उनलाई सफाई दिएको हो ।

नक्कली प्रमाणपत्रको अभियोगमा पुष्टि हुने आधार नभेटिएको भन्दै उनलाई सफाई दिएको हो ।

जनकपुर अञ्चल अस्पतालमा प्रसूति तथा स्त्रीरोग विशेषज्ञको रुपमा कार्यरत डा यादवलाई गत ३ असारमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सीआईबीको टोलीले जनकपुरबाट पक्राउ गरेको थियो ।

पक्राउ पछि १२ दिनसम्म महाराजगञ्जस्थित सीआईबीको केन्द्रीय कार्यालयमा थुनिएका यादवलाई पछि जिल्ला फिर्ता गरी १९ असारमा मुद्धा चलाएको थियो । आज सोही मुद्धाको फैसला भएको हो ।

सफाई पाएपछि डा यादवले संक्षिप्त प्रतिक्रिया दिदै ढिलै भएपनि आफूले न्याय पाएको बताए । उनले अव नियमित काममा फर्कने समेत जानकारी दिए ।
सीआइबीले नेपाल मेडिकल काउन्सिल र उच्च माध्यमिक शिक्षा परिषद्को सहयोगमा ७० जना चिकित्सकलाई नक्कली आरोपमा पक्राउ गरि मुद्धा चलाएको छ ।

तीमध्ये बीरगञ्जका ८ जना चिकित्सकले यसअघि नै सफाई पाएका छन् । डा यादवसंगै सफाई पाउनेको संख्या ९ पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

One thought on “नक्कली अभियोगमा पक्राउ परेका डाक्टर यादवले पाए सफाई

Leave a Reply

Your email address will not be published. Required fields are marked *