औषधि समयमै आउँछ : महानिर्देशक डा. चौधरी

डा. पुष्पा चौधरी, महानिर्देशक स्वास्थ्य सेवा विभाग

काठमाडौँ, १२ पुस –  स्वास्थ्य सेवा विभागकी महानिर्देशक डा पुष्पा चौधरीले यसपटक औषधिको हाहाकार नहुने बताएकी छन् । केन्द्र, क्षेत्र र जिल्लाहरुबाट हुने खरीद प्रक्रिया समयमै सुरु भएकोले यसपटक औषधिको हाहाकार नहुने बताएकी हुन् ।

खरीद प्रक्रिया ढिलो सुरु हुँदा अघिल्ला बर्षहरुमा औषधिको अभाव भएका समाचार आउने गर्दथ्यो ।

महानिर्देशक चौधरीले यसपटक समयमै बजेट निकासा भएको, खरीर प्रक्रिया समयमै सुरु भएको र खरीद प्रक्रियाबारे केन्द्रबाट नियमित अनुगमन भईरहेकोले यसपटक समस्या नहुने बताइन् । वितरण प्रणालीलाई समेत यसपटक चुस्त बनाइएको भन्दै उनले कतै औषधि अभाव हुने र कतै औषधि बढी रहने अवस्था आएमा त्यसलाई समेत सम्वोधन गर्ने बताइन् ।

‘अब कतै अभाव भई हालेमा जुन ठाँउमा बढी औषधि छ त्यहाँबाट तत्काल लगिनेछ र तत्काल समाधान गरिनेछ । त्यसको समन्वय क्षेत्रले गर्छ,’ महानिर्देशक डा. चौधरीले भनिन् ।

उनले यसपटक केन्द्र, क्षेत्र र जिल्लाबाट हुने खरीदमा दोहोरो नपरोस भन्नका लागि विशेष सतर्कता अपनाएको बताइन् । ‘यसले ओभर स्टक हुने समस्यालाई समेत न्युनिकरण गर्छ भन्ने हाम्रो बुझाई हो,’

उनले भनिन् ।

खरीद प्रक्रियालाई व्यवस्थथित गर्न लागू भएको एलएमआईएस ६० जिल्लामा लागू भईसकेको भन्दै अब बाँकी जिल्लामा समेत लागू हुने बताइन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *