स्वास्थ्य बीमा कार्यक्रम आज देखि पाल्पामा पनि सुरु

बीमामा नाम दर्ता गर्न दर्ता सहयोगीबाट फोटो खिचाउँदै डा भगवान कोइराला

पाल्पा, ११ पुस – सरकारको स्वास्थ्य बीमा कार्यक्रम आज देखि पाल्पामा पनि लागू भएको छ । बीमा कार्यक्रम यसै साता बैतडी र अछाममा समेत सुरु भएको थियो ।

पाल्पाका सभासदत्रय सोमप्रसाद पाण्डे, हरिप्रसाद नेपाल र तुलसा राना सहित बरिष्ठ मुटुरोग विशेषज्ञ डा भगवान कोइरालाले आफ्नो फोटो खिचेर बीमा कार्यक्रमको शुभारम्भ गरेका थिए । पाल्पाका स्थायी बासिन्दा कोइराला बीमा कार्यक्रमप्रति जागरुक गराउन भन्दै पाल्पा पुगेका हुन् ।

स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्ने सरकारी निकाय सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिका कार्यकारी निर्देशक डा. गुणराज लोहनीले नाम दर्ता कार्यक्रम सुरु भएको बताए । उनले परिबारको सदस्यहरुले आफ्नो नाम र कतिपयले विपन्न परिबारको लागि दर्ताका लागि स्पोन्सर समेत गरेको बताए ।

निर्देशक डा. लोहनीका अनुसार तानसेन, प्रभासस्थित लुम्बिनी मेडिकल कलेजले एक सय परिबारको लागि दर्ता स्पोन्सर गर्ने घोषणा गरेको बताए । त्यस्तै डा. कोइरालाले आफ्नो सहित चार परिबारका लागि दर्ता स्पोन्सर गरेका छन् ।

बीमा कार्यक्रमका लागि प्रति परिवार (पाँच जना सदस्य)का लागि बार्षिक रुपमा दुई हजार ५ सय रुपैयाँ तिर्नुपर्ने हुन्छ । सो बापत ५० हजार रुपैयाँ सम्मको उपचार प्राप्त गर्न सकिन्छ ।

निर्देशक डा. लोहनीले मंगलबार(भोली) कास्की र बुधबार( पर्सी) म्याग्दीमा बीमा कार्यक्रम शुभारम्भ गर्ने योजना रहेको बताए ।

सरकारले यो बर्ष २५ जिल्लामा बीमा कार्यक्रम पुरयाउने योजना अनुरुप यसपटक पाँचवटा जिल्लामा यो कार्यक्रम शुभारम्भ गरिएको हो । यसअघि कैलाली, बाग्लुङ र इलाममा यो कार्यक्रम लागू भई उपचार समेत सुरु भईसकेको छ । अहिलेका पाँचवटा जिल्लामा भने उपचार सेवा आगामी फागुनबाट हुने बताइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *