गम्भीर बिरामी परेका एमाले नेता भरतमोहन अधिकारी बयोधामा भर्ना, आईसियुमा राखेर उपचार

काठमाडौँ, १० पुस – गम्भीर बिरामी परेका नेकपा एमालेका बृद्ध नेता भरतमोहन अधिकारीको बल्खुस्थित बयोधा अस्पतालमा उपचार भईरहेको छ । चिकित्सकहरुले उनलाई आईसीयुमा राखी उपचार भईरहेको जनाएका छन् ।

एक्कासी पेट दुख्ने समस्या देखिएपछि उनलाई परिबारले शुक्रबार राती बाह्र बजे बयोधा अस्पताल पुरयाएका थिए । प्रारम्भिक परीक्षण पश्चात चिकित्सकहरुले उनको आन्द्रामा समस्या भएको बताएका छन् । ‘पेटमा अब्सट्रक्टिभ अर्थात आन्द्रा साँघुरो भई दिसा पास भएको रहेनछ,’ उपचारमा सम्लग्न फिजिसियन डा. युबराज शर्माले भने,  ‘अहिलेसर्जन र फिजिसियनको संयुक्त टोलीले के गर्ने भन्ने बारेमा सल्लाह गरिरहेको छ ।’

डा. शर्माले आन्द्राको अप्रेसन गर्नुपर्ने अवस्था भएपनि बृद्ध अवस्था र अन्य रोगहरु समेत भएकोले बैकल्पिक उपायहरुको सल्लाह गरिएको बताए ।

नेता अधिकारी लामो समय देखि दम, मुटु, उच्चरक्तचाप लगायतका अन्य थुप्रै रोगबाट समेत पिडीत छन् । तर डा. शर्माले अहिलेको समस्या ती पुराना रोग भन्दा नयाँ खालको भएको र पुराना रोगहरु स्थिर अवस्थामा रहेको बताए ।

नेता अधिकारीई भेटन एमाले नेताहरु अस्पताल पुगिरहेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *