सेती अञ्चल अस्पतालका मेसु डा. गुरुङद्धारा राजिनामा

काठमाडौँ, ६ पुस – सेती अञ्चल अस्पतालका मेडिकल सुपरीटेन्डेन डा. सूर्यबहादुर गुरुङले राजिनामा दिएका छन् । स्वास्थ्य सचिव डा . सेनेन्द्रराज उप्रेती समक्ष राजिनामा बुझाएका हुन् । यद्धपी उनको राजिनामा स्विकृत भईसकेको छैन् ।
उनले राजिनामा पत्रमा घरायसी कारण उल्लेख गरेका छन् । ‘ काठमाडौँ रहेका बृद्ध बाबाको हेरबिचार गर्नुपर्ने भयो । सरुवा भएर आउन सकिएन, त्यसैले राजिनामा दिनुको विकल्प भएन् । राजिनामा दिएँ,’ कारणबारे उनले मन्त्रालयका सहकर्मीहरुलाई सुनाएका थिए ।
यसअघि हिजो मात्रै प्रसुतिगृहका निर्देशक डा जागेश्वर गौतमले पनि आफ्नो पदबाट राजिनामा दिएका थिए ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



