सेती अञ्चल अस्पतालका मेसु डा. गुरुङद्धारा राजिनामा

काठमाडौँ, ६ पुस – सेती अञ्चल अस्पतालका मेडिकल सुपरीटेन्डेन डा. सूर्यबहादुर गुरुङले राजिनामा दिएका छन् । स्वास्थ्य सचिव डा . सेनेन्द्रराज उप्रेती समक्ष राजिनामा बुझाएका हुन् । यद्धपी उनको राजिनामा स्विकृत भईसकेको छैन् ।

उनले राजिनामा पत्रमा घरायसी कारण उल्लेख गरेका छन् । ‘ काठमाडौँ रहेका बृद्ध बाबाको हेरबिचार गर्नुपर्ने भयो । सरुवा भएर आउन सकिएन, त्यसैले राजिनामा दिनुको विकल्प भएन् । राजिनामा दिएँ,’  कारणबारे उनले मन्त्रालयका सहकर्मीहरुलाई सुनाएका थिए ।

यसअघि हिजो मात्रै प्रसुतिगृहका निर्देशक डा जागेश्वर गौतमले पनि आफ्नो पदबाट राजिनामा दिएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *