आईओएम डीन कार्यालयको ताला कहिले खुल्छ ?

 

काठमाडौँ, २६ मंसिर  – त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान आइओएमको डीनमा प्राडा जगदीश अग्रवाल नियुक्ति भए लगत्तै लागेको डीन कार्यलयको ताला अझैसम्म खुलेको छैन् । कहिले खुल्छ भन्ने बारेमा ताला लगाउनेहरुले समेत भन्न सकेका छैनन् ।

बरिष्ठताको आधारमा डीन नियुक्ति हुनुपर्ने लगायतका माग राख्दै १० औँ अनसन सुरु गरेका त्रिवि शिक्षण अस्पतालका प्राडा गोविन्द केसीको अससन तोडाउन सरकारले पूर्व डिन केपी सिंहलाई राजिनामा गर्न लगाई उनको ठाँउमा प्राडा जगदीश अग्रवाललाई नियुक्त गरेको थियो । सोही नियुक्तिको विरोधमा प्राध्यापकहरुले डीन कार्यालयमा तालाबन्दी गरेका हुन् ।

सरकारले प्राडा अग्रवाललाई डीन नियुक्ति गरेको खबर सार्वजनिक भए लगत्तै आइओएमका प्रजातान्त्रिक र प्रगतिशिल समूहका बहुसंख्यक प्राध्यापक तथा कर्मचारीको नेतृत्वमा गठित आइओएम बचाउ संघर्ष समितिले गत १८ मंसिरमा तालाबन्दी गरेको हो ।

कार्यलयमा तालावन्दी गरेपछि डीन अग्रवालले १९ मंसिरका दिन आफ्नै पुरानो कार्यकक्ष मोहेगो भवनबाट काम काज गर्न थालेका थिए । तर २२ मंसिर देखि सो ठाँउमा समेत ताला लागेको छ । ताला मात्रै होइन बहुसंख्यक प्राध्यापकहरुले विद्यार्थीको पठन पाठन समेत अवरुद्ध गरेका छन् ।

संघर्ष समितिका एक जना सदस्य प्राध्यापक संघका सचिव डा. सुरेश उप्रेतीले प्राडा अग्रवालको राजीनामा नै ताला खोल्ने ‘बटम लाइन’ भएको बताउँछन् । उनले जहिले सम्म राजिनामा आँउदैन तहिलेसम्म तालावन्दी र पठनपाठन समेत जारी रहने बताएका छन् ।

‘हामी प्राडा अग्रवालको विद्धता माथि कुनै शंका छैन, उहाँ बरिष्ठ नै हो तर डा केसीको अनसनको भरमा जसरी प्राडा केपी सिंहलाई राजिनामा गर्न बाध्यपारियो र उहाँ नियम कानून मिचेर डीन नियुक्ति हुनुभयो हाम्रो आपत्ती त्यसैमा हो’ डा. उप्रेतीले भने ।

उनले प्राडा रमेशकान्त अधिकारीको संयोजकत्वमा गठित मापदण्ड तयार गर्ने समितिले पुन सर्बपक्षीय छलफल गरि तयार गरेको मापदण्ड त्रिवि कार्यकारी परिषद्बाट समेत पास गराउने र त्यसपछि हुने नियुक्तिलाई सबैले समर्थन गर्ने व्यवस्था मिलाउन आफूहरुको माग रहेको बताए । ‘तर त्यसका लागि पनि न्युनतम शर्त त प्राडा अग्रवालको राजिनामा नै हो’ उनले भने ।

तर प्राडा अग्रवाल भने तत्काल राजिनामा दिने मुडमा देखिदैनन् । स्रोतका अनुसार विरोधमा उत्रिएका प्राध्यापकहरु विस्तारै कन्भिन्स हुने भन्दै उनी पर्ख र हेरको अवस्थामा छन् ।

सरकारको दह्रो समर्थन भएको, विद्यार्थीको समेत उत्तिकै समर्थन रहेको र त्यो भन्दा बढी गोविन्द केसीको समर्थन रहेको भन्दै उनले डीन पद छोड्ने मनस्थितिमा छैनन् । स्रोतका अनुसार उनले विरोधमा देखिएका कतिपय प्राध्यापकहरुलाई विभिन्न निकायमा नियुक्तिको लागि अफर समेत पठाएका छन् ।

यो अफरले आन्दोलन छिटै तुहिन पनि सक्छ । एक जना प्राध्यापकले भने । तर प्राडा उप्रेतीले सो कुरा स्विकार्दैनन् । बहुसंख्यक प्राध्यापक आफूहरुको साथमा रहेको भन्दै आन्दोलन निस्कर्षमा पुरयाउने बताउछन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *