बिपन्न नागरिकको उपचार सहुलियत एक लाखबाट बढाएर पाँच लाख पुऱ्याउने प्रस्ताव

604
Shares

mohp-copy

काठमाडौँ, २० मंसिर – सरकारले कडा रोगको उपचारमा दिइदै आएको राहत रकम एक लाख बाट बढाएर पाँच लाख बनाउन प्रस्ताव गरेको छ । त्यस्तै कडा रोगको सूची ८ बाट बढाएर १२ पुरयाउने तयारी गरेको छ ।

स्वास्थ्य मन्त्रालयले तयार गरेको विपन्न नागरिक औषधि उपचार कोष निर्देशिका (संसोधित) २०७३ को मस्यौदामा मुटु रोग, क्यान्सर रोग, अल्जाइमर रोग, पार्किन्सस रोग, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकल सेल ऐनिमियाको उपचारमा दिइदै आएको एक लाख रुपैयाँलाई बढाएर पाँच लाख बनाउने प्रस्ताव गरिएको छ ।

त्यस्तै मिर्गौला रोगका बिरामीलाई प्रत्यारोपण खर्च बापत ५ लाखसम्म औषधि उपचार सुविधा, डायालसिस निशुल्क, एक्युट रेनल फेलियर भएका बिरामीलाई समेत ५ लाख बराबर औषधि उपचार सहुलियत दिन प्रस्ताव गरिएको छ ।

त्यस्तै मिर्गौला प्रत्यारोपण गरिसकेका विरामीहरुलाई सूचीकृत अस्पतालबाट निशुल्क औषधि उपलव्ध गराउन समेत प्रस्ताव गरिएको छ । अहिले डायलासिस निशुल्क भएपनि प्रत्यारोपणका लागि दुई लाख र त्यसपछि औषधिका लागि एक लाख रुपैयाँ मात्रै दिने गरेको छ ।

संसोधनका लागि तयार गरिएको प्रस्तावमा कडा रोगको संख्या ८ बाट बढाएर १२ पुरयाइएको छ । त्यसमा कलेजो प्रत्यारोपण, मस्तिष्कघात, अप्लाष्टिक एनिमिया र थालेसिमिया रोग समेत थपिएको छ । र ती सबै रोगका लागि पाँच लाख प्रस्ताव गरिएको छ ।

मन्त्रालयका अधिकारीले संसोधन प्रस्तावलाई मन्त्री परिषद्मा लैजाने तयारी भएको बताए ।  उनले यो प्रस्तावमा पास भए झण्डै विपन्नको उपचारमा बार्षिक पाँच अर्व बढी खर्च बढ्ने जानकारी दिए ।

अहिले विपन्नको उपचारका लागि  सरकारले बार्षिक १ अर्ब बजेट छुट्याउने गरेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *