डा. केसीले आज अनसन तोड्ने, सहमति पत्रलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयमा बार्ता

gagan-vet

काठमाडौँ, १८ मंसिर – २१ दिन देखि आमरण अनसन बसेका डा गोविन्द केसीले आज अनसन तोड्ने भएका छन् । सरकारले उनका सबैजसो माग सम्वोधन गरेपछि अनसन तोड्न राजी भएका हुन् ।

केहीबेर अघि डा केसीलाई भेटेर फर्केका स्वास्थ्य मन्त्री गगन थापाले आज सहमति हुने र अनसन तोडिने प्रतिक्रिया दिए । मन्त्री थापा केसीलाई मनाउन सहमतिको ड्राफ्ट र सरकारी प्रतिवद्दता लिएर त्रिवि शिक्षण अस्पताल पुगेका थिए ।

स्रोतका अनुसार प्राडा जगदीश अग्रवाल डीनमा नियुक्त, अन्य निकायमा नियुक्तका लागि मापदण्ड बनाउन प्रा केदारभक्त माथेमाको संयोजकत्वमा समिति आदि बनाउने र छानवीनका लागि न्यायिक जाँचबुझ आयोग बनाउने लगायतका विषयमा सरकारले प्रतिवद्धता जाहेर गरेपछि केसी अनसन तोडन सहमत भएका हुन् ।

अहिले डा केसी र सरकारीपक्षबीच सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा सहमति पत्रलाई अन्तिमरुप दिन बार्ता सुरु भएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *