आइओएमको नयाँ डीनमा प्राडा जगदीश प्रसाद अग्रवाल

0
Shares

jadis

काठमाडौँ, १८ मंसिर  – चिकित्सा शास्त्र अध्ययन संस्थान आइओएमको नयाँ डीनमा प्राडा जगदीश प्रसाद अग्रवाल  नियुक्त भएका छन् ।सर्च कमिटीको सिफारिसमा आज बिहान त्रिबि कार्यकारी परिषदले उनलाई डीनमा नियुक्ति गरेको हो ।

बरिष्ठताका आधारमा डीन नियुक्ति हुनुपर्ने माग राख्दै २१ दिन देखि आमरण अनसन बसेका डा गोविन्द केसीको अनसन तोडाउनका लागि डा केसीकै सल्लाहमा अग्रवाललाई नियुक्ति गरिएको हो ।

अग्रवाललाई अघिल्लो पटक डीन सिफारिस गर्न गठित सर्च कमिटिले पहिलो नम्बरमा राखेको थियो । यद्धपी त्रिवि कार्यकारीपरिषदले दोस्रो नम्बरका डा केपी सिंहलाई डीनमा नियुक्त गरेको थियो । डा केसीले सोही दिन देखि आमरण अनसन थालेका हुन् ।

यसै बिच स्वास्थ्यमन्त्री गगनकुमार थापाले अनशनरत डा गोबिन्द केसीलाई भेटेका छन् ।

 

kc

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *