नयाँ डीन सिफारिस गर्न त्रिविले बनायो सर्च कमिटी, डा. केसीको अनसन जारी

tu
काठमाडौँ, १७ मंसिर – त्रिभुवन विश्वविद्यालयले आइओएमका डीन प्राडा केपी सिंहले दिएको राजिनामा स्विकृत गर्दै नयाँ डीन नियुक्तीका लागि सिफारिस गर्न सर्च कमिटि गठन गरको छ ।

प्राडा कुमुदम कुमार काफ्लेको संयोजकत्वमा सर्च कमिटी गठन गरेको हो । सो कमिटीलाई सकेसम्म छिटो नाम पठाउन भनिएको छ । सो कमिटीले सिफारिस गरेको आधारमा त्रिवि कार्यकारीले नयाँ डीन नियुक्त गर्नेछ ।

यता डीन डा सिंहको राजिनामा स्वीकृत भएपनि डा गोविन्द केसीले भने अनसन जारी राखेका छन् । उनले नयाँ डीन नियुक्त नहुँदासम्म अनसन जारी राख्ने बताएका छन् । बरिष्ठताको आधारमा नयाँ डीन नियुक्ती गनुैपर्ने भन्दै गत २८ कात्तिक देखि उनी आमरण अनसन बसेका हुन् ।

यता डीन र उपकुलपतिको बारेमा खासै चर्चा नभएपनि अरु मागका विषयमा सहमतिको खाका तयार गर्न ड्राफ्ट सहित डा केसीको टोली शिक्षामन्त्रालयबाट त्रिवि शिक्षण अस्पताल फर्केको छ । सो टोलीले डा केसीसंग सल्लाह गरेर सहमतिको ड्राफ्ट तयार गर्नेछ ।

सरकारी टोली भने अहिले पनि केसीको प्रतिक्रिया पर्खेर शिक्षा मन्त्रालयमै बसेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *