स्वास्थ्य मन्त्री थापाले डा. केसी र डिन सिहंलाई भेटे

0
Shares

gagan-thapa
काठमाडौं, १४ मंसिर – स्वास्थ्य मन्त्री गगनकुमार थापाले त्रिवि शिक्षण अस्पतालमा १७ दिन देखि अनशनरत डा. गोविन्द केसीलाइ भेटेका छन्। भेटमा मन्त्री थापाले डा. केसीको मागबारे प्रधानमन्त्रीसंग छलफल गर्ने बताए ।

यसभन्दा अगाडिको डा. केसीको अनशनमा समर्थन जनाउदै आएका मन्त्री थापाले डा.केसीको विग्रदो स्वास्थ्य अवस्था प्रति निकै गम्भिर रहेको भन्दै आजै बेलुका बस्ने मन्त्रि परिषद्को वैठकमा उनको माग बारे आफुले कुरा राख्ने बताए ।

मन्त्री थापाले आजै गोविन्द केसीलाइ भेटे पछि हालै नियुक्ति भएका आइओएमका डिन डा. केपी सिहंलाइ भेटेर डा. केसीको अनशन र उनको माग बारे छलफल समेत गरेका छन्।

आइओएममा बरिष्ठताको आधारमा डिन ननियुक्ति हुनु पर्ने, त्रिवि उपकुलपति तिर्थ खनियाँको बर्खास्ती हुनु पर्ने लगायतका माग राखी १७ दिन देखी अनशनरत छन्। केही दिन देखि सरकारी वार्ता टोली र डा.केसी प्रतिनिधी बिच भएको वार्तामा त्रिवि उपकुलपति तिर्थ खनियाँलाइ र आइओएमका डिन केपी सिहंको बर्खास्तिको विषयमा सहमत जुट्न सकिरहेको छैन।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *