बार्तामा आफूहरुलाई नराखेको भन्दै निजी मेडिकल कलेज सञ्चालकको आपत्ती

0
Shares

private-medical-collageकाठमाडौँ, १२ मंसिर – डा. गोविन्द केसीले उठाएका मागका विषयमा बार्ता गर्दा आफूहरुलाई सहभागी नगराएको भन्दै निजी मेडिकल कलेज सञ्चालकहरुले आपत्ती जनाएका छन् । उनीहरुले डा. केसीका कतिपय माग निजी मेडिकल कलेजसंग सम्वन्धीत भएको भन्दै आफूहरु पनि बार्तामा हुनुपर्ने माग गरेका छन् ।

डा. केसीका मागका बारेमा छलफल गर्न सरकारले शिक्षा सचिव शान्तबहादुर श्रेष्ठ र स्वास्थ्य सचिव डा. सेनेन्द्रराज उप्रेतीलाई तोकेको छ । डा केसीका तर्फबाट प्राडा वाईपी सिंहको नेतृत्वमा टोली सहभागी भएको छ ।

एशोशिएसन आफ प्राईभेट मेडिकल एण्ड डेण्टल कलेज अफ नेपालका अध्यक्ष डा सुरेश कनोडियाले आफुहरुको सहभागिता विना गठन गरिएको समिति नीजि क्षेत्रलाई मान्य नहुने भन्दै आपत्ति जनाए ।

उनले निजी क्षेत्रको अस्तित्व गिराउने किसिमले सरकारले वार्ता टोली बनाएको आरोप लगाएका छन् । उनले निजी क्षेत्रको अस्तित्व गिराउने किसिमले भएका बार्ता संवाद र त्यसबाट आएका निर्णयहरु प्रति एशोशिएसनको समर्थन नहुने स्पष्ट पारेका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *