डा. केसी भन्छन्, ‘अहिलेका डीनलाई बर्खास्त नगरेसम्म अनसन रोकिदैन्’

0
Shares

dr-govinda-kc

काठमाडौँ, ५ मंसिर – त्रिवि शिक्षण अस्पतालका प्राडा गोविन्द केसीले नव नियुक्त डीन प्राडा केपी सिंहलाई बर्खास्त नगरेसम्म आफ्नो अनसन जारी रहने बताएका छन् । अनसन सुरु गरेको आठौँ दिन आज पत्रकार सम्मेलन गरि डा केसीले डीन डा सिंह बरिष्ठ नभएको भन्दै बरिष्ठ डीन नियुक्तिको माग दोहोरयाएका हुन् ।

‘डा. सिंह मेरो साथी हो तर उ बरिष्ठ होइन् , मेरो सुरु देखिको माग बरिष्ठलाई डीन बनाउनुपर्छ भन्ने नै हो,’ डा. केसीले भने, ‘त्यसैले यो अनसन जारी रहन्छ ।’

डा. केसीको स्पष्ट माग प्राडा जगदीश अग्रवाललाई बरिष्ठताको आधारमा डीन बनाउनुपर्छ भन्ने रहेको छ । डा. अग्रवाल भन्दा बरिष्ठ पूर्व डीन प्राडा अरुण सायमी भएपनि डा केसीले उनलाई बनाए मान्य नहुने बताउदै आएका छन् । उनले डा. सायमी विभिन्न मुद्धामा विवादित भएको भन्दै मान्य नहुने बताउदै आएका छन् ।

अघिल्ला अनसन सम्म सहयात्री बनेका डा सिंह सर्च कमिटिले सिफारिस गरेका नाम मध्ये दोस्रोमा थिए । सिंहले आफू बरिष्ठमध्येकै एक भएको भन्दै डा. केसीले स्वीकार्नुपर्ने बताउदै आएका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *